काठमाडौं- दुई दिनदेखि अस्पतालको सिसियुमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा भ्रममा नपर्न सार्वजनिक सन्देश जारी गरेका छन्।
उनले विभिन्न सामाजिक सञ्जाल र केही कुत्सित मनासय बोकेका डिजिटल मिडियाले आफ्नो स्वास्थ्यका बारेमा आधारहिन प्रचार गरेको भन्दै प्रभावित नहुन पनि भनेका छन्।
प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४:३० बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।
उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह र डा. सन्तकुमार दास संलग्न छन्।
यस्तो छ उनले सार्वजनिक गरेको सन्देश