नेपाल-चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ। चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो। काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा तिहारसँगै चहलपहलसमेत बढेको बेला चीनिया सुरक्षा अधिकारीले रसुवागढी-केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द गरिएको जानकारी दिएको हो
भुकम्पको बेला एक मात्रा तातोपानि नाका बन्द गरेको चिनले चुनावको र चार्डवार्डको सघारमा नेपाल चिनको विच खुलेको एक मात्र व्यापारि नाका पनि बन्ध गरेको हो,
चिनले नेपालमा बाम गठबन्धन निर्माणमा महत्वपुर्ण भुमिका खेलेको हल्ला आईरहेको बेलामा आज मात्र प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादि मन्त्रिहरुलाई मन्त्रिपदको जिम्बेबारि खोसेपछि यो घटना सयोग मात्र हो कि बाम गठबन्धन सग सम्बन्धित नै छ भन्न गारो छ।
२८ महिना अगाडिको भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नियमित सञ्चालनमा आएको रसुवागढी नाकालाई चीनले डेढ महिना अगाडि नै अन्र्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरिसकेको छ। तेस्रो मुलुकका नागरिकले समेत आवतजावत गर्न सक्ने गरी चीन तर्फ भौतिक पूर्वाधारका कार्य भइरहेको छ।