काठमाडौंका लागि चीनीयाँ रेलले सिगात्सेमा खसाल्दिएको सामान अब ट्रकमार्फत काठमाडौं आउदै छन । ति सामान सिगात्सेबाट केररुङसम्म ट्रकमार्फत ल्याएको थियो । घरायसी र दैनिक उपभोग्य सामानबढि मात्रामा रहेका ति समानहरु काठमाडौँ ल्याउनका लागि १ सय ६० किलोमिटरको दूरी पार गर्नुपर्ने छ । गत बैशाख २७ गते चीनको लान्झाउबाट सामान बोकेर हिडेको सो रेल २ हजार ४ सय ३१ किलोमिटर दूरी पार गर्दै सिगात्सेमा आइपुगेको थियो ।