Best Online News From Nepal

चीनमा बढे अर्बपतिहरु

चीन सबैभन्दा धेरै अर्बपतिहरु भएको देश बनेको छ । यसअघि अमेरिका सबैभन्दा बढी अर्बपतिहरु भएको मुलुक रहँदै आएको थियो ।  बेइजिङले पहिलो पटक अर्बपतिको संख्यामा न्युयोर्कलाई पछाडि पारेको हो । अर्बपतिको संख्याका आधारमा चीन अगाडि रहेपनि सम्पत्तीको आधारमा पहिलो १० जना भने अमेरिकी धेरै रहेको अध्ययनले देखाएको छ ।

चीनको हुरुन रिसर्च फर्मले पछिल्लो पाँच वर्षमा विश्वभरिमा भएका अर्बपतिहरुको सम्पत्तीको बारेमा अध्ययन गरेको थियो । अनुसन्धानअनुसार गत एक वर्षमा बेइजिङमा ३२ जना नयाँ अर्बपति थपिए भने न्युयोर्कमा जम्मा चारजना मात्र अर्बपति थपिएका छन् । अहिले बेइजिङमा १ सय जना र न्यूयोर्कमा ९५ जना अर्बपति बस्ने गरेको अध्ययनले देखाएको छ । समग्रमा चीनमा पाँचसय ६८ जना अर्बपति भइसकेका छन् भने अमेरिकामा पाँचसय ३५ जना अर्बपति रहेका छन् । चीनभरमा यो वर्षमात्रै ९० जना नयाँ अर्बपति भएका थिए ।

त्यस्तै चीनकै साङ्घाई सहर धेरै अर्बपति बस्नेमा पाँचौ नम्बरमा परेको छ । अमेरिकी डलरमा उनीहरुको सम्पत्ती हिसाब गरिएको छ । हुरुनका अध्यक्ष रुपर्ट हुगिवेर्फले भने, ʽचीनका नयाँ अर्बपति चीनमा बढ्दो आर्थिक मन्दी र चीनिया सेयर बजारको बढ्दो गिरावटका बावजुत पनि सफल हुन सकेका छन् ।ʼ उनले चिनियाँ बजारका नियामकहरुले लामो समयपछि नयाँ सार्वजनिक सेयर निष्काशनमा खुला गरेकाले पनि लगानीको ओइरो लागेको बताएका छन् ।

हुरुनले गरेको अनुसन्धानअनुसार चीनमा अझैपनि सबैभन्दा धनि व्यक्ति वाङ जाएनलिन रहेका छन् । उनको सम्पत्ती २६ अर्ब अमेरिकी डलर बराबर रहेको छ । यद्यपि, अर्बपतिको टप टेनको सूचीमा अमेरिकाका अर्बपति बिल गेट्स नै रहेका छन् । उनको सम्पत्ती ८० अर्ब डलर छ । दोस्रोमा वारेन बफेट रहेका छन् जसको सम्पत्ती ६८ अर्ब अमेरिकी डलर रहेको छ ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *