Best Online News From Nepal

चीनबाट सामान ल्याउनका लागि ५ सय कन्टेनर

नेपालका लागि चीनीयाँ रेलले सामान ल्याइदिने खबरले व्यवसायीहरु उत्साहित भएका छन् । नेपालको पर्यटन विकास तथा र चीनबीच व्यापार–व्यवसाय अभिवृद्धि गर्न यो रेल मार्ग कसी सावित हुने विश्लेषकहरुको भनाई छ  । चीनबाट नेपाल भित्रने सामान ढुवानी प्रयोजनका लागि लगभग ५सय वटा कन्टेनर तयार भई ढुवानी सेवा अगाडि बढिसकेको छ ।

रेलमार्गबाट सामान आएको खबरले खासगरी रसुवा र आसपासका जिल्लाका स्थानीयहरु हर्षित भएका छन । त्यहाँका व्यवसायीमा उत्साह बढेको छ ।गत वर्ष वैशाख १२ को भूकम्प अगाडिसम्म नेपालबाट केरुङ जाने एक दिनको अनुमति दिइने गरेकोमा  गत मङ्सिर १४ गतेदेखि भने पुनः नाका सञ्चालनमा अएपछि केही सहज भएको थियो ।
नेपाल पठाउने सामान ढुवानीमा संलग्न सबैभन्दा ठूलो चिनियाँ मुसा ट्रान्र्सपोर्टेसन कम्पनीका प्रबन्ध निर्देशक ज्याङ से पिङका अनुसार रेलबाट तीन दिनमा सिगात्से र मोटरमा केरुङ पुग्न दुई दिन लाग्छ, ट्रकभन्दा रेलले एकसाथ ८० प्रतिशतभन्दा बढी सामान ल्याउँनेछ, अब नेपाली ट्रक केरुङ पुगेकै दिन सामान लोड गरी नेपाल फर्कन सक्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *