चिनको गोन्जाउ शहरका सि टि बस हरुमा नेपाल झल्कने र चीनिया नागरिक्लाइ नेपाल घुम्न आकर्षण गर्ने खालका विभिन्न चित्र नेपाल चिनाउने भनाइ सहित छापिएको छ। चीनिया पर्यटक हरुलाइ नेपाल भ्रमण गर्न उत्साहित गर्ने उदेश्यले नेपाली महा वाणिाज्य दूतावास ले यो कार्य सुरु गरेको हो । नेपाल झल्काउने मनोरम हिमाल तथा पहाडका दृश्य सहित गौतम बुद्ध , कुमारी , लुम्बिनी , स्व्यम्भु लगायतका चित्र चिनका मुख्य भागमा गुड्ने बस हरु मा छाडिएका छन । नेपाल चिनाउने महत्त्वपुर्ण भनाइहरु बिशेस्त बुद्ध जन्मिएको भुमी नेपाल लाइ बढी प्राथमिकता का साथ लेखिएको छ । यश कार्यले गर्दा नेपाल भ्रमण गर्ने चिनिया पर्यट्कमा वृद्धि हुने र बुद्ध सम्बन्धि फैलिएका भ्रमहरु पनि निर्मुल हुने बिश्वास लिएको छ। गोन्जाउका महा वाणिाज्य दुत रबि भट्टराईको अगुवाइ मा उक्त कार्य सुरु भएको हो ।
Source : Bk Nabin ( राजा )