Best Online News From Nepal

चारै वेद र वर्ण व्यवस्था आजको दिनमा

प्रवीण अधिकारी——

17884366_623956801144159_7370377551283884565_n

वर्तमान गणतान्त्रिक नेपालका प्रत्येक राजनैतिक दल ,तिनका कार्यकर्ता , नेताहरुले वेदलाई ब्राह्मणबादी ग्रन्थ भनेर अर्थ्याउने गरेको सुनिन्छ | त्यसैलाई आधार बनाएर शूद्रहरुमाथि हामीले अन्याय र अत्याचार गर्दै आएका छौं भन्ने प्रष्ट्याउने गरिएको छ | सनातन हिन्दू धर्म , भाषान्तरमा वैदिक धर्म भित्र उमारिएको जातिवादको जरोपनि वेदनै हो भनेर खोटलाउने गरिएको छ | मानव गुण , विशेषण बनि शुद्र भनिन पुगेकोलाई अछुत् बनाइदिने कामपनि शास्त्रले नै गरेको हो भनेर बदख्वाई गरीन्छ | नेपाल अधिराज्यमा आखिर यी बिचारहरु कहाँबाट सम्प्रेषित हुन पुगे ? कहिलेदेखि भित्र्याइए ? यसको उत्पति स्थल कंहा थियो ? र कहिलेदेखि हाम्रो समाजमा छिराइएको हो ? यी यस्ता प्रश्नहरु हुन् जसलाई हामी प्रत्येक नेपालीहरुले खोजी गर्नु जरुरी हुन पुगेको छ |

यथार्थता
=======
चारै वर्ण र विशेषगरी शूद्रको अर्थ त्यो होइन जसरी आजको दिनमा नेपालमा पश्चिमा विद्वानहरुको प्रभावमा परेर अर्थ्याउने गरिएको छ | शास्त्रको दुष्प्रचार गर्ने नियतराखि अन्य धर्मावलम्वीहरुको संख्या बढाउने उद्देश्यलिई वहु प्रसारित यो तर्क लाञ्छना युक्त मात्र हो किनभने यस्तो तर्क दिने कोहिपनि व्यक्तिले वेद वैदिक ग्रन्थ र स्मृति ग्रन्थहरुको शब्दहरु फोर्न सक्ने ल्याकत राख्दैनन भने अर्कोतिर यो सुनियोजित राजनैतिक प्रचारवाजी मात्र भएको देखिन्छ , किनभने वैदिक ग्रन्थहरु र जीवन पद्धतिले प्रत्येक व्यक्तिहरुलाई समान अवसर प्रदान गरेको छ | कुनैपनि वेदमा ,प्रारम्भिक चरणका वैदिक ग्रन्थहरुमा (व्राह्मण ,आरण्यक ,रामायण , गीता ,स्मृति जस्ता ग्रन्थहरुले ) जंमको आधारमा भेदभाव गरिएको प्रसंग कतै उल्लेख गरेको भेटिन्न | वेदले हरेक मानवलाई तिनको सर्वोच्च गुण स्थापित गर्न समान अवसर देउ भन्ने मूल संदेश दिएको छ भने ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चारै गुण विशेषलाई समान महत्व दिई उत्तिकै महत्वका साथ् ब्याख्या गरी एकनासको अर्तिवुद्धि दिएको छ |

ब्रिटिश उपनिवेश ग्रस्तभई पिडित हुन पुगेको यो क्षेत्रमा तत्कालिन अंग्रेज युक्त भारतलाई सघाउने बहानामा ईशाइको जगहाल्न भारत छिरेका भाडाका पश्चिमा विद्वानहरु मेक्समूलर, मेकाले , ग्रिफ्फिथ, ब्लूमफिल्ड आदिले वेदको अंग्रेजीमा अनुवाद गर्दा गरेको वाहियात निच तर्क र नियोजित व्याख्याले सनातन हिन्दू समाजमा वेद प्रतिको आस्था र बिश्वाश निरन्तर अधोगतितिर गयो | ती खेतालाहरु द्वारा गरिएको व्याख्याले हाम्रा ती आर्ष ग्रन्थहरुबाट मान्छेहरुको श्रद्धा हटाउन भरमग्दुर प्रयाश गर्यो | यी ग्रन्थहरुका प्राचिन महत्वहरु धाराशायी बनाइए | त्यै व्याख्या र मनस्थिति नेपालमापनि आयात हुन् पुग्यो र आजको गणतान्त्रिककालमा आइपुग्दा नेपालका तथाकथित वैदिक विद्वानहरु समेत दलिय राजनीतिमा लिप्त हुन् पुग्दा वर्ण व्यवस्थाको यथार्थ स्वरुपमा व्याख्या कहिल्यै हुन सकेन |छुद्र राजनैतिक चिन्तनले ग्रषित राजनीतिले हुर्काएको दलिय राजनीति , कार्यकर्ता र पुरानो व्यवस्थाको बिरोधीहरुलाई वेद बिरुद्ध बोल्न एकदम सजिलो तुल्याई दियो | यसले गर्दा गणतान्त्रिक नेपाललाई दुईटा कुरोमा प्रसस्त फाइदा पुग्यो :-

फाइदा नं १ :-

हजारौ बर्षदेखि नेपालमा व्याप्त हुन पुगेको वैदिक धर्म अर्थात हिंदू धर्मको बिरुद्ध मोर्चाबन्दी गर्न र उनीहरुलाई ईशाइ मत प्रचार-प्रसार गर्न ज्यादै सजिलो पारियो भने ,

फाइदा नं २ : –

नेपालको धार्मिक शहिष्णुता संग तर्सिएका र गणतन्त्रलाई संस्थागत गर्न नसकी रहेका राजनीतिक दलहरुलाई धार्मिक रुपमा नेपाललाई तहस नहस पारी प्रशस्त मात्रामा धर्म परिवर्तन गराई इशाई उमारी त्यसैको जगमा गणतन्त्र संस्थागत गर्न सजिलो तुल्याई दियो |

नेपालका वेदको साँवा अक्षर पनि फोर्न नसक्ने राजनैतिक दलका नेताहरुले वेदलाई जातिवादको पोषक मानेर व्याख्या गर्न पुगे | यस बिरुद्ध बिपन्न र गरिवीको रेखामुनि बस्ने वर्गहरुलाई उचालेर उनीहरुमा वेद र वर्ण व्यवस्था बिरुद्ध नचाहिंदा व्याख्या गरी जातिगत कुराहरुले उनीहरुको कान भरींदा आजको दिनमा नेपाली समाजको मौलिक स्वरुप र शहिष्णुता क्षतविक्षत हुन त पुग्यो नै त्यसभन्दा पनि ठूलोकुरो नेपालको धार्मिक शहिष्णुताको अनुहार यति विघ्न कुरुप बनाइयो कि अव जस्तो सुकै शल्य चिकित्सा गरेपनि दुरुस्त ,चम्किलो अवस्थामा फर्काउन सकिने छैन , आउँदा दिनमा अझ कुरुपको देखिई दीनहीन अवस्थामा लाचार भई बस्न ब्याध्य हुनेछ |

बेद् निर्दिष्ट बर्ण व्यवस्थाको स्वरुप कस्तो थियो बुझ्ने प्रयाश गरौँ :
=========================================

चारै वेद र त्यसका विभिन्न मण्डलहरुमा वर्णन गरिएका शुद्र , ब्राह्मण , क्षत्रिय र वैश्यहरु को को र कस्ता कस्ता थिए ? यस कुरोलाई वेदले निर्दिष्ट गर्नुको उद्द्येश्य के के रहेको थियो ? आजको २१ औं शताब्दीको सन्दर्भमा बसेर ती कुराहरुको व्याख्या कसरी गरीनु पर्छ ? आजको नेपालमा यी प्रश्नहरु ज्यादै महत्वपूर्ण र गम्भीर विषयबस्तुहरु हुन् | आजको दिनमा नेपाललाई हेरेर शूद्रहरुको परिभाषा कसरी गर्ने ? आजको स्वार्थी राजनैतिक दलले गरे जस्तो ब्याख्या गर्दा महाभारतका रचयिता वेद व्यास , रामायणको रचयिता वाल्मीकि शुद्र हुनेछन | भगवान कृष्ण या वैश्य कहलिने छन् | प्राचिन ग्रन्थ ऋग्वेदका १००० सूक्तहरुमा उल्लेख हुन पुगेका ४१४ मन्त्र द्रष्टार: ऋषि र ३० ओटी ऋषिकाहरुको हालतपनि वर्तमान नेपालको जाति व्यवस्था घिनौनो राजनैतिक चरीत्र भित्र छिर्न पुग्ने छ | माथि उल्लेख गरिएका सम्पूर्ण व्यक्तित्वहरु मानव इतिहाँसको प्रारम्भिक चरणका विभिन्न आवश्यकता र उद्द्येश्यहरु पुरागर्नकोलागि जन्मिएका थिए भन्नेकुरा स्वात्तै हराएर जानेछ |

यी चारै वर्ण सम्बन्धमा ग्रन्थहरुमा गरिएका व्याख्या बुझ्ने प्रयाश गरी हेरौं :-

शुक्ल यजुर्वेदको २६ औं अध्यायको दोश्रो मन्त्र हेरौं :-

” यथेमां वाचं कल्याणीम् आवदानि जनेभ्यः । ब्रह्मराजन्याभ्याम् शूद्राय चार्याय च स्वाय चारणाय ।
प्रियो देवानां दक्षिणायै दातुर् इह भूयासम् अयं मे कामः सम् ऋध्यताम् उपमादो नमतु ॥

यो मन्त्रले भनेको छ – हे मनुष्यहरु ! म परमात्मा स्वरुप , सबैको कल्याण गर्ने ऋग्वेद आदि सबै बेदहरुका वाणीहरु सबै बर्णहरुकोलागि उपदेश गर्दैछु | यी मेरा उपदेशहरु ब्राह्मण , क्षत्रिय , शूद्र र वैश्यहरु सबैकालागि हो | मेरा यी उपदेशहरु तिमी जसलाई आत्मीय सम्झिञ्छ्यौ तिनकोलागिपनि हो र तिमी जसलाई ‘अरण’ अर्थात अरु सम्झनछ्यौ उसकोलागिपनि हो | तसर्थ तिमीहरु मेरा बाणीको चर्चा र उपदेश सबैकोलागि एउटै स्वरुपमा गर्दै जाउ | यो मन्त्रले के कुरा बुझ्न सजिलो तुल्याएको छ भने त्यतिखेरको समाजमा शूद्र कुनै जाति विशेषको नाम रहेनछ | ब्राह्मण, क्षत्रिय , वैश्य र शुद्र कुनै जाति विशेषको नाम नभई गुणवाचक शव्द मात्र रहेछ | त्यसको प्रयोग गुणवाचक विशेषणको रुपमा गरिएको रहेछ | आजको दिनमा यो शब्दलाई विपरितता तर्फ उप्केरा हालेर लगिंदा नेपाली समाज पूर्ण रुपमा सामाजिक बिकृतिको संघारम्म रहन पुगेको हो |

त्यस्तै अथर्ववेदको १९ काण्ड ६२ सूक्तको प्रथम ऋचाले भनेको छ : –

प्रियं प्र कृणु देवेषु प्रियं राजसु मा कृणु।
प्रियं सर्वस्य पश्यत उत शूद्र उतार्ये॥

हे परमात्मा | तिमी मलाई ब्राह्मण , क्षत्रिय , शूद्र र वैश्यहरु सबैको प्यारो बनाउ | तिमी मेरो स्वभाव र आचरण यस्तो बनाइ देउकि यी ब्राह्मण, क्षत्रिय, शूद्र र वैश्यहरु सबैले मलाई मायाँ गरी जगेर्ना गर्न सकुन |

त्यसरी नै यजुर्वेदको १८ अध्यायको ४८ औं ऋचाले पुनः भनेको छ :-

रुचं नो धेहि ब्राह्मणेषु रुचम् राजसु नस् कृधि ।
रुचं विश्येषु शूद्रेषु मयि धेहि रुचा रुचम् ॥

हे परमात्मन | तपाइँ हाम्रो रुचि ब्राह्मणहरु प्रति उत्पन्न गरिदिनोस , क्षत्रियहरु प्रति उत्पन्न गरिदिनोस , वैश्य र शूद्रहरु प्रतिपनि उत्पन्न गरिदिनोस ताकि सबैले मलाई ध्यान दिन सकुन | यो मन्त्रले भन्न खोजेको कुरो के हो भने हे परमात्मन | हजुरको कृपाले हाम्रो स्वभाव , मन यस्तो होस् कि ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र आदि सबै बर्णप्रति यसको रुचि बढेर जावोस र सबै बर्णका मान्छेले वेदलाई आदर र स्नेहले हेर्न सकुन |

कर्मको कारणले वर्ण या जाति व्यवस्था उम्रेको हो जन्मको कारणले होइन | प्राचीन कालमा जब बालक समिधा हातमा बोकेर पहिलो पटक गुरुकुल पुग्दथ्यो अनि उसको कर्म हेरेर वर्ण निश्चित गर्ने गरिन्थ्यो |अर्थात त्यो बालकको कर्म ,गुण , स्वभाव हेरेर त्यस गुरुकुलका प्राचार्यले उसको वर्णको निर्धारण गर्ने गर्दथे | उ ज्ञानी बुद्धिमान हुन सके – ब्राह्मण , निडर बलशाली भए – क्षत्रिय , वस्तु र सेवा उत्पादन गर्न सक्ने भए वैश्य र सेवामुखी भावले हेर्न सक्ने भए शुद्र | त्यतिखेर एउटा ब्राह्मणको घरमा शूद्र र शूद्रका घरमा ब्राह्मण जन्मिन सक्तथ्यो | भगवान कृष्णलेपनि यै कुरो आफ्नो उपदेशमा भनेका थिए –

चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः ।
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम् ॥- गीता॥४-१३॥

अर्तार्थ ब्राह्मण, क्षत्रिया , शुद्र वैश्यको विभाजन व्यक्तिको कर्म र गुणको हिसाबले हुन्छ | एउटै परिवार भित्र चारै वर्णका मान्छेहरु हुने गर्दथे |

ऋग्वेदले नवौं मण्डलमापनि यही कुरो भनिएको छ :-

नानानं वा उ नो धियो वि वरतानि जनानाम | तक्षा रिष्टं रुतं भिषग बरह्मा सुन्वन्तमिछतीन्द्रायेन्दो परि सरव ||
जरतीभिरोषधीभिः पर्णेभिः शकुनानाम | कार्मारो अश्मभिर्द्युभिर्हिरण्यवन्तमिछतीन्द्रायेन्दो परि सरव ||
कारुरहं ततो भिषगुपलप्रक्षिणी नना | नानाधियोवसूयवो.अनु गा इव तस्थिमेन्द्रायेन्दो परि सरव ||
अश्वो वोळ्हा सुखं रथं हसनामुपमन्त्रिणः | शेपो रोमण्वन्तौ भेदौ वारिन मण्डूक इछतीन्द्रायेन्दो परि सरव || – -ऋग्वेद (९ /११२ /१-४ )

यो मन्त्रमा वर्ण-व्यवस्थाको आदर्श स्वरूप वर्णन गरिएको छ | यसमा भनिएको छ – एउटा व्यक्ति कारीगर छ , अर्को चिकित्सक अनि अर्को जाँतो पिस्छ | भन्नुको अर्थ परिवारमा धेरै वर्णका मान्छे हुने गर्दथे | ‘आपस्तम्ब धर्म सूत्रलेपनि यही कुरो भनेको छ :-

“धर्मचर्ययाजधन्योवर्णः पूर्वपूर्ववर्णमापद्यतेजातिपरिवृत्तौ।
अधर्मचर्यया पूर्वो वर्णो जधन्यं जधन्यं वर्णमापद्यते जाति परिवृत्तौ।।

प्राचीनकालमा भनिएको ‘ जन्मना जायते शूद्रः संस्कारात्‌ भवेत द्विजः। वेद पाठात्‌ भवेत्‌ विप्रः ब्रह्म जानातीति ब्राह्मणः।।
अर्थात जन्मदा हरेक व्यक्ति गुणरहित अर्थात शूद्र समान हुन्छन र पूर्ण स्तरीय शिक्षा प्राप्त गरेपछि मात्र तिनको गुण, कर्म र स्वभावको आधारमा वर्णको निश्चय भएर जान्छ र समाजका प्रत्येक व्यक्तिले आ आफ्नो क्षमता अनुसार सामाजिक उत्थानमा योगदान पुर्याउन सक्छन |

अब जातिको मानले हेरयौ भने एउटा ब्राह्मण दुराचारी, कामी, व्यसनी, र अनपढ़ हुँदाहुदैपनि उसलाई ब्राह्मणनै भनिन्छ भने एउटा शूद्रको बच्चा चरित्रवान, विद्वान , दक्ष र उच्च शिक्षित हुँदा हुँदै पनि शूद्र मानिन्छ | यस्तै जातिवादले हाम्रो देशलाई तहस नहस पार्दै लागेको छ | तरपनि जतिसुकै विरोध गरिएपनि बिस्तारै नपत्यारिलो किसिमले हाम्रो समाजमा आपसेआप योग्यताको आधारमा वर्ण व्यवस्था स्थापित हुँदै गएको छ | किनभने , हाम्रो समाजले एउटा डाक्टरको छोरोलाइ त्यतिखेर मात्र डाक्टर भन्दछ जब उ डाक्टर पढेर निस्कन्छ | त्यसरीनै एउटा इन्जिनियरको छोरो इंजीनियरको पढाइ सकिएपछि मात्र इंजीनियर भनिन पुग्छ | तर एउटा ब्राह्मणको छोरो पढेको छैन भने कुनै अफिसको पाले मात्र हुने गर्छ | खास अर्थमा यहिनै आजको बर्ण व्यवस्था हो |

तथाकथित गणतान्त्रिक राजनीतिले गिजोलेका नेपाली विद्वानहरुले वेद र पुराणका संस्कृत श्लोकहरु हेर्दै नहेरी , त्यसका अक्षरहरु फोर्ने क्षमता समेत नराखी , वेद र स्मृति ग्रन्थहरुको अनुहारै समेत नहेरेर, आफ्नो तुच्छ राजनैतिक आस्था र स्वार्थले त्यसको गलत अर्थ जानेरै लाउने प्रयाश गरेका गरिरहेका छन् | यत्रो ठूलो अपराध गर्नेमा विशेषगरी नेपालका वामपंथी र गणतान्त्रिक विचारधाराका राजनीतिज्ञ ,भारतका अम्बेडकरवादी र नेपालका धर्मान्तरित नव क्रिष्टियनहरु र लालची डलरेहरु पर्ने गर्दछन |

पुरुष सूक्त :
========
नेपालका जातिवादीहरु र राष्ट्रपति सम्मले हालैको टुँडिखेलमा गराइएको कथित हिंदू सम्मेलनमा पुरुष सूक्तलाई राम्ररी गाली गर्न भ्याए | त्यो पुरुष सूक्त जम्मा १६ मंत्रहरुको सूक्त हो , जो चारै वेदमा समेटिएको छ | पुरुष सूक्त जातिवादको नभई वर्ण व्यवस्थाको आधारभूत मंत्रहरु समेत हो | जसले ऋग्वेद १० .९० को “ब्रा॒ह्म॒णो॑ऽस्य॒मुख॑मासीद्वा॒हुरा॑ज॒न्य॑:कृ॒त:। ऊ॒रूतद॑स्य॒यद्वैश्य॑:प॒द्मांशू॒द्रोअ॑जायत।” मन्त्रले ब्राह्मण , क्षत्रिय, वैश्य र शूद्रलाई मानव शरीरको मुख, हात , मध्य भाग(तिघ्रो ) र खुट्टाको उपमा दिइएको छ | यस उपमाले के कुरा प्रष्ट्याउन खोजेको हो भने जसरी शरीरका यी चार अंगहरु सङ्गलो रहंदा एक पूर्ण स्वस्थ शरीर बन्दछ त्यसरीनै ब्राह्मण आदि चारै वर्णहरु मिले मात्र एक आदर्श समाज बन्न सक्दछ | जसरी शरीरका यी चारै अंगले एक अर्काको सुख दुखलाई आफ्नो सुखदुख अनुभव गर्दछन त्यसरीनै एक आदर्श समाजका ब्राह्मण आदि चारै बर्णका मान्छेहरुले एक अर्काको महत्व बुझ्न सक्दा , एक अर्काको सुख दुख आफ्नो सुख दुख सम्झिन सक्ता समाज व्यवस्थित रहन सक्तछ | यस सूक्तको अर्को अर्थ के पनि हो भने यदि कुनैपनि जातिको व्यक्तिले यदि त्यो समाजमा धर्म ज्ञानको संदेश प्रचार-प्रसार गर्न योगदान दिइरहेको छ भने त्यो मान्छे ब्राह्मण अर्थात समाजको मेरुदण्ड हो | त्यसरी नै कसैले समाजको रक्ष्या गरिरहेको छ भने उ क्षत्रिय अर्थात समाजको हात हो | यदि कसैले देशमा व्यापार गरेर वस्तु सर्व सुलभ गराएर समाजलाई सहज र समृद्ध तुल्याउने प्रयाश गरि रहेको छ भने उ वैश्य अर्थात समाजको तिघ्रो हो | त्यसरी नै त्यो समाजमा केही व्यक्तिहरु गुण रहित छन भने वा माथिको तिनैबटा काम गर्न नसक्ने अवस्थामा छन भने तिनीहरुले तिनै बर्णको काममा सहयोग पुर्याउन सकुन र तिनीहरु ती तिनोटैको बलियो आधार जोर खुट्टो बन्न सकुन त्यहिनै यस सूक्तको शर्वस्विकार्य ब्याख्या हो | हेरौं पुरुष सूक्तको मूल पाठ जसप्रति वहु शंख्यकको तूष रहन पुगेको छ :-

पुरुष सूक्तको मूल पाठ
================
सहस्त्रशीर्षाषोळशनारायण: पौरूषमानुष्टुभं त्रिष्टुबंतं।
अभिषेकेविनियोग:।
हरि: ॐ स॒हस्त्र॑शीर्षा॒पुरु॑ष:सहस्त्रा॒क्ष:स॒हस्त्र॑पात्।
सभूमिं॑वि॒श्वतो॑वृ॒त्वाऽत्य॑तिष्ठद्दशांगु॒लम्।
पुरु॑ष॒एवेदंसर्व॒यद्भू॒तंयच्च॒भव्य॑म्।
उ॒तामृ॑त॒त्वस्येशा॑नो॒यदन्ने॑नाति॒रोह॑ति।
ए॒तावा॑नस्यमहि॒मातो॒ज्यायांश्च॒पूरु॑ष:।
पादोस्यविश्वाभू॒तानि॑त्रि॒पाद॑स्या॒मृतं॑दिवि।
त्रि॒पादू॒र्ध्वउदै॒त्पुरु॑ष॒:पादो॑स्ये॒हाभ॑व॒त्पुन॑:।
ततो॒विष्व॒ङ्व्य॑क्रामत्साशनानश॒नेअ॒भि।
त्समा॑द्वि॒राळ॑जायतवि॒राजो॒अधिपूरु॑ष:।
सजा॒तोअत्य॑रिच्यतप॒श्चाद्भूमि॒मथो॑पुर:॥१॥
यत्पुरुषेणहविषादेवायज्ञमतन्वत।
व॒सं॒तोअ॑स्यासी॒दाज्यं॑ग्री॒ष्मइध्म:श॒रद्ध॒वि:।
तंय॒ज्ञंब॒र्हिषि॒प्रौक्ष॒न्पुरू॑षंजा॒तम॑ग्र॒त:।
तेन॑दे॒वाअ॑यजंतसा॒ध्याऋष॑यश्च॒ये।
तस्मा॑द्य॒ज्ञात्स॑र्व॒हुत॒:संभृ॑तंपृषदा॒ज्यम्।
प॒शु॒न्तांश्च॑क्रेवाय॒व्या॑नार॒ण्यानग्रा॒म्याश्च॒ये।
तस्मा॑द्य॒ज्ञात्स॑र्व॒हुत॒ऋच॒:सा॑मानिजज्ञिरे।
छंदा॑सिजज्ञिरे॒तस्मा॒द्यजु॒स्तस्मा॑दजायत।
तस्मा॒दश्वा॑अजायंत॒येकेचो॑भ॒याद॑त:।
गावो॑हजज्ञिरे॒तस्मा॑ज्जा॒ताअ॑जावय॑:॥२॥
यत्पुरु॑षं॒व्यद॑धु:कति॒धाव्य॑कल्पयन्।
मुखं॒किम॑स्य॒कौबा॒हूकाऊ॒रूपादा॑उच्येते।
ब्रा॒ह्म॒णो॑ऽस्य॒मुख॑मासीद्वा॒हुरा॑ज॒न्य॑:कृ॒त:।
ऊ॒रूतद॑स्य॒यद्वैश्य॑:प॒द्मांशू॒द्रोअ॑जायत।
चं॒द्रमा॒मन॑सोजा॒तश्चक्षौ॒:सूर्यो॑अजायत
मुखा॒दिंद्र॑श्चा॒ग्निश्च॑प्रा॒णाद्वा॒युर॑जायत।
नाभ्या॑आसिदं॒तरि॑क्षंशी॒र्ष्णोद्यौ:सम॑वर्तत।
प॒द्मांभूमि॒र्दिश॒:श्रोत्रा॒त्तथा॑लोकाअ॑कल्पयन्।
स॒प्तास्या॑सन्परि॒धय॒स्त्रि:स॒प्तस॒मिध॑:कृ॒ता:।
दे॒वायज्ञं॒त॑न्वा॒नासब॑न्ध॒न्पुरुषंप॒शुम्।
य॒ज्ञेन॑य॒ज्ञम॑यजंतदे॒वास्तानि॒धर्मा॑णिप्रथ॒मान्या॑सन्।
तेह॒नाकं॑महि॒मान॑:सचंत॒यत्र॒पूर्वे॑सा॒ध्या:संति॑दे॒वा:॥३॥
अतोदेवाइतिषण्णांकाण्वोमेधातिथिर्देवाविष्णुर्गायत्री।अभिषेकेवि.।
ॐ अतो॑दे॒वाअ॑वंतुनो॒यतो॒विष्णु॑र्विचक्र॒मे।
पृथि॒व्या:स॒प्तधाम॑भि:।
इ॒दंविष्णुर्विच॑क्रमेत्रे॒धानिद॑धेप॒दम।
समू॑ळहमस्यपांसु॒रे।
त्रीणि॑प॒दाविच॑क्रमे॒विष्णु॑र्गो॒पाअदा॑भ्य:।
अतो॒धर्मा॑णिधा॒रय॑न्।
विष्णो॒:कर्मा॑णिपश्यत॒यतो॑व्र॒तानि॑पस्प॒शे।
इंद्रस्य॒युज्य॒:सखा॑।
तद्विष्णो॑:पर॒मंप॒दंसदा॑पश्यंतिसू॒रय॑:।
दि॒वी॑व॒चक्षु॒रात॑तम्।
तद्विप्रा॑सोविप॒न्यवो॑जागृ॒वांस॒:समिं॑धते।
विष्णो॒र्यत्प॑र॒मंप॒दम्॥
इति पुरुषसूक्तं विष्णुसूक्तं च।
दे॒वस्य॑त्वासवि॒तु:प्र॒सवे॒श्विनो॑र्बा॒हुभ्यां॑पू॒ष्णोहस्ता॑भ्याम॒ग्नेस्तेज॑सा॒सूर्य॑स्यवर्च॒सेंद्र॑स्येंद्रि॒येणा॒भिषिं॑चामि।
बलायश्रियैयशसेन्नाद्याय।
अमृताभिषेकोस्तु शांति:पुष्टीस्तुष्टिश्चास्तु।
॥ॐ शांति: शांति: शांति:॥- प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *