Best Online News From Nepal

चाँदीका किरा र मेरो ऋग्वेद हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए |

हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए | कटुस, सिमी, घोडताप्रे, सिमली र पन्ग्रेको मसी बनाए | बासको कलम बनाए | लाखौलाख श्लोक भएका ग्रन्थहरू वर्षौं लगाएर छाला, भोजपत्र र लोक्ताको कागजमा सारे | तेस्तो दुख नगरेको भए आज छापामा आएर सजिलो भएक वेद, उपनिषद, पुराण, आयुर्वेद, ज्योतिषआदि कुनै विद्या पनि जोगिने थिएनन् |

उहाँहरूले २७८ वर्ष पहिला गरेको एस्तै परिश्रमको पोको मेरो हजुरवुवा, बुवा हुँदै मसंग पनि छ | यो ऋग्वेदको हस्तलिखित किताव हो | हप्ता-हप्ता दिनमा पोको निकालेर किरा (चाँदीजस्ता टल्कने किरा) झार्छु | हरेक दिन तिनको परिश्रम मकिन्दै छ | हरेक पल हाम्रो इतिहासलाई किराले चरचर काटिरहेका छन् | आँखा रसाएर आउँछन् | आफैप्रति विरक्ति जाग्छ |

अर्कोतिर देशमा विदेशी प्रतिमान राजनीति हावीहुँदै गर्दा आफ्नो धर्म, संस्कृति, इतिहास तथा मौलिकता नै जर्जर हुँदैछ | लौन केही गरौँ भनेर जुर्मुरायो भने अनेकौं बहाना लगाएर निरुत्साहित गर्छन् | फेरी पनि आँखा रसाउँछन्, मन कुडिएर आउँछ |

प्राचीन वैदिक, बौद्ध जैन-साहित्यहरू गुन्द्रुकको मोलमा विदेश पुगेका छन् | घरमा भएका साहित्यहरू पनि अंग्रेजी-मोहमा फँसेका अभिभाव र सन्तानको बलमिचाईमा परेर रोइरहेका छन् | संस्कृत-भाषा पढ्ने, बौद्ध, संस्कृत भाषा पढ्ने जैन र संस्कृत भाषामा “धार्मिक-साहित्य” हुने सनातनीहरू एकआपसमा संस्कृतकै दोहोलो काड्दा रमाउँछन् | सरकार त कुरै छोडौं, विदेशीले पैसो नदिएको भने नेपाल पनि संविधान विहिन इंग्ल्यान्ड नै हुन्थ्यो |

म बाल हुँदा बाले कटुसबाट मसि बनाएको देखेको छु | उहाले कालिमाटी पनि प्रयोग गर्नुभएको थियो | मसी बनाउने प्रक्रिया निकै असजिलो थियो | मैले उहाले कागत बनाएको त देखिन तर भांग्रो (एकप्रकारको निकै विषालु फल) पकाएर नेपाली कागत भिजाएको भने देखेको छु | यसरी पिताले चण्डी, वेद र भागवतका पुराना र पढ्न नसकिने पानाहरू आफैलेखेर बदल्नु हुन्थ्यो | तेसबेला कुर्घा, अर्मिचौर र धुवाकोटबाट आएका बटुकहरूले पनि ज्यादै राम्रो अक्षरमा लेखेको देखेको हुँ |

एउटा पाना लेख्न तीन दिन जति लाग्थ्यो | मिकै मिहनत गरेर गल्ती नगरी लेख्नुको विकल्प थिएन | किनभने कागत विगार्ने छूट तेहा कत्ति पनि हुँदैनथ्यो | संस्कृत, पाली, मैथिली तथा रंजनी लिपिका असंख्य टावहरू एसरी नै तयार गरिएका थिए |

गुम्वाको मानेमा कोचारिएका धर्मशास्त्र होउन् वा आंटीको पेटारोमा कोचारिएका वैदिक साहित्य नै किन नहोउन्, आज यिनको माया गर्ने कोइ छैन | पूर्खाहरूको पसिनाले आर्जेको सम्पदा “घर न घाट”को भएको छ | अंग्रेजी भाषा पढ्नेले संस्कृत भाषा जान्नै हुँदैन त कुनै कानुनले भनेको छैन नि ! यी कितावहरूको हेला गर्नुभनेको आफ्नो जरो आफै काट्नु होइन र ? मन पोलेपछि वकवक गर्न आउने रैछ |

यो कितावलाई चाँदीजस्तै किराले छियाछिया बनाएझैं धेरै सुनका किराहरू मिलेर हाम्रो देश देशलाई पनि छियाछिया बनाएका छैनन् भन्ने सक्दिन !!