Best Online News From Nepal

ग्रामिण क्षेत्रमा लोकप्रिय गोबर ग्याँस

देशभर गोबर ग्याँसको प्रयोग  लोकप्रिय बन्दै गएको छ । पहाडी  र तराई क्षेत्रका ग्रामिण भेगमा  गोबर ग्याँसको प्रयोग बढ्दै गएको छ । गोबर ग्याँसमा खाना पकाउन सजिलो हुने र दाउरा खोजिरहनुपर्ने झन्झट नहुने भएकाले पनि गोबर ग्याँस ग्रामिण भेगमा लोकप्रिय हुदै गएको छ । पटकपटक महसुल तिर्न नपर्ने  तथा लगानी पनि त्यति धेरै नभएको कारणले गोबर ग्याँसको प्रयोग  बढेको हो । नाकाबन्दीका बेला कहाँबाट ग्यासको जोहो गर्ने भन्ने प्रयोगकर्ता हैरानीमा पर्दा गोबर ग्यासका प्रयोगकर्ता भने मज्जाले खाना पकाएका थिए । त्यसबेला गोबर ग्यास प्रयोगकर्ता चिन्तित देखिएनन् । एउटा भैँसीको गोबर र पाँच जना परिवारको दिसाबाट मिथेन ग्याँस उत्पादन हुन्छ । त्यही ग्यासलाई नै खाना पकाउन इन्धनको रुपमा प्रयोग हँुदै आएका छन् सिंजालीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *