Best Online News From Nepal

गौतम बुद्धको जन्मबारे पुनः अर्को भ्रम फैलाउँदै भारत

भगवान् गौतम बुद्ध भारतको युपीमा जन्मेको ‘प्रमाण’ राखिने भन्दै भारतमा ‘कपिलवस्तु संग्रहालय’ बनाइएको छ । यो संग्राहलयको शुक्रबार एक केन्द्रिय मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । करिब ४० वर्ष पहिले नै उत्खनन गरिएका दुई वस्तुलाई ‘प्रमाण’ भनेर दुनियाँलाई देखाउने तयारी भारतले गरेको हो । कपिलवस्तु संग्रहालयको उद्घाटन केन्द्रिय पर्यटन महेश शर्माले गर्नेछन् । कपिलवस्तु र गान्वारियामा कथित प्रमाण भेटिएको स्थानबाट १०० मिटर टाढा रहेको भवनमा संग्रहालय बनाइएको छ । यो संग्रहालय ६ हजार स्क्यायर मिटरमा फैलिएको छ । बुद्धका जीवनबारे कलात्मक वस्तुहरु संग्रहित यो पहिलो संग्रहालय भएको समाचारमा जनाइएको छ ।

टाइम्स अफ इन्डियामा बिहीबार प्रकाशित समाचारमा भनिएको छ–सन् १९७० को दशकमा गरिएको पुरातात्विक अन्वेषणका क्रममा ‘ओम देभपुत्र विहार कपिलवस्तु संघ’ र महा कपिलवस्तु विखु संघ’ लेखिएका दुई वस्तु भेटिएका थिए, जसलाई अहिलेसम्म लुकाएर राखिएको थियो । समाचारमा जनाइए अनुसार, यूपिको सिद्दार्थनगर जिल्लामा मार्च १८ मा उद्घाटन हुने कपिलवस्तु संग्रहालयमा यीनै दुई वस्तु प्रमुख आकर्षण हुनेछन् । अहिलेसम्म तिनीहरुलाई सोधकर्ताहरुले मात्रै हेर्न पाउने गरेका थिए ।

आर्कियोलोजिकल सर्भे अफ इन्डियाका पुरातत्वविद नवरत्न कुमार पाठक भन्छन्, ‘नेपालले पनि तिलौराकाट भन्ने स्थानलाई पुरानो कपिलवस्तु भनेर दाबी गर्दै आएको छ । तर, हामीले जुटाएका प्रमाणले प्रष्टरुपमा भारतको दाबीलाई सत्य ठहर गर्छन् ।’ उक्त संग्रहालयमा बुद्धको जीवनका विविध आयामबारे जानकारी दिने विविध सामग्री रहने उनको भनाइ छ ।

लखनउ युनिभर्सिटीस्थित प्राचीन भारतीय इतिहास विभागका प्रमुख प्रोफेसर डीपी तिवारीले भनेका छन्, ‘नेपाली अनुसन्धानकर्ताले दिने सबैभन्दा ठूलो तर्क भनेको पिपरहवामा कुनै पनि दरबारको संरचना छैन भन्ने हो । तर, पिपरहवा नजिक रहेको गानवारिया भन्ने ठाउँमा दरबारको भग्नावशेष भेटिन्छ । आजको दिनमा हामी पिपरहवा र गानवारियालाई अलग अलग ठाउँका रुपमा हेर्छौं । तर, प्राचीनकालमा दुवै एउटै थियो ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *