हिन्दु राष्ट्र नेपालमा जहा गाईलाई राष्टिय जनावर घोषण गरिएको छ यहा गाई गोरु काट्न मार्ने प्रतिब्ध लगाइयको छ तर पनि सडक मा गाई गोरुको हत्या रोकियको छैन छिमेकि देश भारतमा गोरुको मृत्युमा सोक सभाको आयोजना गर्दै हजारौ मानिसहरु गोरुको सबयात्रामा सहभागि भयका हुन
तपाईँले घरमा पालेको गोरु वा साँढे मर्यो भने के गर्नुहुन्छ ? खाडल खनेर पुरिदिनुहुन्छ होला ।
तर भारतको बिहारस्थित गया जिल्लामा एउटा गोरुको मृत्युलाई भव्य शवयात्रा सहित श्रद्धान्जली दिँदै मृत्यु संस्कार मनाइयो । शवयात्रामा भेला भएका सय भन्दा बढी स्थानीयले ‘हर हर महावेद’ नारा लगाउँदै बाजागाजा समेत गरे । शवयात्रामा हिन्दु र मुसलमान समुदायका समेत थिए ।
खादा ओडाएर, फूलमाला र अविर लगाइएको गोरुको मृत शरिरलाई बयलगाढामा चढाएर सहर परिक्रमा नै गराइयो । १० वर्षको उक्त गोरुले बिहानै मुखबाट फिँज निकालेपछि चिकित्सकलाई बोलाइयो । तर बचाउन नसकेपछि गाउँलेको भेलाले विधिपूर्वक मृत्यु संस्कार गराउने भन्दै गोरुको मृत शरिरलाई सहर परिक्रमा गराएका हुन् ।
खासमा उक्त गोरु स्थानीयहरुमाझ ‘बादशाह’, ‘डन’ जस्ता नामले लोकप्रिय थियो । दुई वर्षअघि यही ठाउँमा बिजुलीको झट्का लागेर एउटा बाँदरको मृत्यु भएको थियो । मृत्युपछि गाउँलेले बाँदरको हिन्दु विधि अनुसार मृत्यु संस्कार गर्दै त्यसको मन्दिर समेत बनाइएको थियो । यस पटक पनि बादशाह नामको गोरुको मृत्यु हुँदा गाउँलेले सहर परिक्रमा गराउँदै केही किलोमिटर पर लगेर दाहसंस्कार गरे।
-बिबिसी हिन्दीबाट
स्रोत-http://annapurnapost.com/news/110247