Best Online News From Nepal

गोमाको विमानसँग चरा ठोकियो, उडान अवरुद्ध

गोमा एयरको विमान चरासँग ठोकिएको छ । काठमाडौँबाट लुक्लाबाट उडेको गोमा एयरको कल साइन ९एन –एकेजेड विमान चरासँग ठोकिएको हो । बुधबार विहान विहान ८ बजेर ४६ मिनेटमा विमानमा चरा ठोकिएको बताइएको छ ।

विमान धावनमार्गबाट उड्ने वित्तिकै चरा ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गराएका थिए । जहाजमा सवार सबै सकुसल रहेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । जहाजमा ९ जना यात्रुहरु रहेका थिए ।

चरा विमानको दायाँ पखेटामा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको पखेटा सामान्य कुच्चिएको छ । विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको छ ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *