Best Online News From Nepal

गैरआवासीय नेपाली संघ अध्यक्षमा टिबी कार्कीले पनि दिए उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्ए (नआरएन)को आगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्षमा टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को छैटौँ विश्व सम्मेलनबाट उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका कार्कीले सातौँ अधिवेशनमा अध्यक्षको प्रत्याशी रहने पत्रकारहरुमाझ घोषणा गरे ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिति सदस्य हुँदै २००७ देखि २००९ मा आइसिसी सदस्य र पाँचौँ विश्व सम्मेलन ९२०११–२०१३०बाट सचिव पदमा रही रहिसकेका छन् ।

यसअघि अध्यक्षमा भवन भट्टले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एनआरएनएआइसीसीको आसन्न विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा हुनेछ । विश्वका ५७ राष्ट्रमा एनआरएनको विस्तार भइसकेको छ ।

स्रोत – रातो पाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *