नवलपरासी, वैशाख २४ – नवलपरासीको कावासोती नगरपालिका–२ मा पूर्व पश्चिम राजमार्गमा गाडीको ठक्करबाट एउटा मृग मरेको छ । आइतबार राति गाडीको ठक्करबाट झण्डै ७५ किलो तौल भएको भाले मृग मरेको हो । सेक्टर वन कार्यालय कावासोतीका प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटाका अनुसार ३ फिट उचाई, ५ फिट लम्बाई र २९ इन्च लामो सिङ भएको मृगको ठक्करबाट मृत्यु भएको हो । मरेको मृगको मुचुल्का उठाई सरोकारवालको रोहवरमा गाडिएको छ ।
source :himchuli khabar