Best Online News From Nepal

गत साताको तुलनामा घट्यो नेप्से कारोबार

साताभरमा नेपाल स्टक एक्सचेन्जमा ३ खर्बमाथिको शेयर कारोबार भएको छ । साताभरमा ६९ लाख ९७ हजार ४ सय ९७ कित्ता शेयर २० हजार ५ सय २ पटक खरिदविक्रि हुँदा कुल ३ अर्ब ८४ करोड १४ लाख ९५ हजार २ सय ३३ रुपैँया बराबरको कारोबार भएको छ । कारोबार रकम गत साताकोभन्दा कम हो । गत साता १ सय ४५ वटा कम्पनिहरुको ७४ लाख २६ हजार ५ सय ४० कित्ता शेयर १८ हजार ३ सय १९ पटक खरिदविक्रि हुँदा ४ अर्ब ३७ करोड ७ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साताभरमा धेरै कारोबार गर्ने कम्पनिहरुमा स्टान्डर्ड चार्टर्ड बैँक, नेपाल बंगलादेश बैँक, नेपाल लाइफ इन्स्योरेन्स लगायत छन् । धेरै कमाउने कम्पनिहरुको अग्रस्थानमा कसमस डेभलपमेन्ट बैँक, सिनर्जी फाइनान्स, मञ्जुश्री फाइनान्स लगायत छन् भने गुमाउने कम्पनिहरुमा मिसन डेभलपमेन्ट बैँक, सप्तकोशी डेभलपमेन्ट बैँक लगायत छन् ।

साताभर लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण वीमा समूहमा नै रहयो । साताको मंगलबारबाहेक हरेक दिन नेप्से परिसूचक उकालो लाग्यो । साताभरमा १ हजार ४ सय ४१ दशमलव ६७ अंकबाट बढेर १ हजार ४ सय ६४ दशमलव ९१ अंकमा पुगी साताको कारोबार बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *