Best Online News From Nepal

गठबन्धनको घेराउ बालुवाटार सर्यो

संघिय  गठबन्धनले  सिंहदरबार घेराउ छोडेरर मङ्गलबारदेखी  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने निर्णय गरेको छ । दुई दिन सिंहदरबार घेराउ गरेको गठबन्धनले थप दबाबका लागि बालुवाटार घेराउको कार्यक्रम राखिएको बताएको छ । मङ्गलबार १० बजेदेखि बालुवाटार घेराउ गरिरहेका छन । गठबन्धनमा अहिले २९ दल सहभागी छन् । सबै दललाई मङ्गलबार बालुवाटार सहभागी हुन उर्दी गरिएको गठबन्धनले जनाएको छ । आइतबारको सिंहदरबार घेराउ कार्यक्रम शान्तिपूर्ण रहे पनि सोमबार माइतीघर मण्डलामा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सामान्य झडप भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । प्रहरीको लाठी प्रहारले तीन जना घाइते भएका छन् ।  गठबन्धन दलले सोमबार विज्ञप्ति प्रकाशित गर्दै प्रहरीले बल प्रयोग गरेको भन्दै भत्र्सना गरेको छ । आक्रोशित प्रदर्शनकारीलाई नेताले संयमित पारेपछि भीड नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *