Best Online News From Nepal

गजल- दिल कुमार श्रेष्ठ

दिल कुमार श्रेष्ठ/ रानिटार कुन्ताबेसि

दिल कुमार

चाहेर दियौ कि मागेर दियौ?
कि दिनैपर्ने जस्तो लागेर दियौ?

दूनियासंग लडेर दियौ कि?
सबैसंग टाढा भागेर दियौ?

आँशुले धोयौ कि सिन्दूर पोते?
या आफ्नै रगतले माझेर दियौ?

सिमा छन् नीति नियम छन्
कि नैतिकता जम्मै नाघेर दियौ?

‘हुन्छ’ पनि भन्छ ‘हुन्न’ पनि भन्छ
कि हृदयसंग थाकेर दियौ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *