Best Online News From Nepal

“गजल”

अधुरो मन्जिल, पाँचखाल न.पा.७ काभ्रेपलाञ्चोक

10689530_809193639100925_4191491584023285964_n

हात हल्लाई जानेलाई, बिदा गरी आएँ।

यहि एउटा ज्यान पनि, आधा पारी आएँ।

सुनको महल रोज्नेलाई, दुई सब्द मेरो।

मुरी मुरी बधाई भन्दै, मुख फोरी आएँ।

माछो माछो भो भ्यागुतो, छैन केही पछुतो।

किनार लाग्छु भन्नेलाई, खोला तारी आएँ।

मुलको पानी बेशी झर्यो, बिसौनामा म छु।

भोक प्यास सुस्केरामा, त्यसै टारी आएँ।

रुमालको याद आयो, आँसु झरेपछी।

निस्ठुरीको चिनो पनि, सलाई कोरी आएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *