Numa Nath Pyakurel _____
यो वा त्यो अथवा त्यो या यो तर दुबै हैन भन्ने पश्चिमि प्रतिमान पुर्णतया घृणामा आधारित छ। जसको परिणाम हिजो आज निर्वाचन प्रचार प्रसारको क्रमामा बिपक्षी दलको प्रतिसपर्धी उम्मेद्बारको मान मर्दन गर्दै, खुइल्याउदै आफ्नो दलको उम्मेद्बार मात्रै ठिक भन्दै तिन फुट उफ्रने र आफ्ना दलका उम्मेद्बारका शृङ्खलाबद्ध कमजोरीलाई लाजपचाएर ढाकछोप गर्ने प्रवृत्ति संस्थागत छ।
….गाउँमा मुखिया बाजेको घरमा एमालेको ठुलो झण्डा राखिएको छ। मुखियाको चाल देखेर पिपलबोटे काकाले पनि घरमा नेपाली कांग्रेसको त्यत्रै झण्डा राखेका छन। सधैं साह्रोगाह्रो पर्दा आमुने सामुन्ने हुने दुइजना हिजोआज पानी बाराबार छ। बस्नेत दाजु नेत्रबिक्रम चन्द समुहको तर भाउजु माओबादी केन्द्रकी निर्वाचन घोषणा भएपस्चात बाट बोलचाल बन्दछ। साँझबिहान कुकुर र बिरालो जस्तो लडिरहन्छन्न। पुछार घरेकाले सुरुमा नेपाली कांग्रेसको झण्डा राखेका थिए पछि भट्टराई मामाले के कान फुके कुन्नी, संघिय समाजबादी फोरमको झण्डा बदलेछन। त्यसपछि त तिनका घरमा नेपाली कांग्रेसका समर्थक कोहि तिनका घरमा जाँदैनन् कोहि हाटबजारमा भेट्दा बोल्दैनन्।
…यसरी हरेक जनता कुनैन कुनै दलको बनिदिनु पर्ने, पानी बाराबार गर्नुपर्ने, बोलचाल बन्द गर्नुपर्ने, नातागोता इस्टमित्र त्याग्नुपर्ने, पोस्टर झण्डा च्यातेको नाममा मारकाट गर्नु पर्ने। अन्य दलका मान्छे आफ्नो भोट ब्यांकमा प्रवेश गर्दा थुन छेक गर्नुपर्ने भए, ढोलपिटेर किन गोप्य मतदानको प्रावधान राख्नु पर्यो, खुल्ला मतदानको अभ्यास गरौँन? हाम्रो परम्परागत मौलिक रैथाने पद्धति यसको बदला त्योमात्रै हैन, दुबैको सहअस्तित्व स्विकार गर्ने पद्धति हो। अहिले दलिय आस्था मनमा राखेर गोप्य मतदान गर्ने र भोलि सबै संग समान सम्बन्ध राखे हुन्न र। नेपाली कांग्रेसको होस या एमालेको, माओबादी केन्द्रको होस या संघिय समाजबादी या राप्रपाको हो त छिमेकी, सधियार, भाइबन्धु, इष्टमित्र, नातेदार
…केहि नाता नभए पनि समान मानवत हो। निर्वाचनका भोलिपल्ट बाट त चाहिने सबैजना हुन। क्षणिक स्वार्थका लागी घृणा र दुरि नबढाउँ, प्रेम र सहृदयता कायम राख्न सकेनौँ भने, के मानव, के नेपाली? साकाहारी पनि मांसहारि, बुद्धिस्ट र हिन्दु, मधेसी र पहाडी, जाती र जनजाती संगै उठबस गरेर आआफ्नो मुल्यमान्यताको अभ्यास गरेका हामी। हिन्दुको मन्दिर दर्शन गरेर बौद्धको स्तुपा जाने हामी को हिन्दु? को बौद्ध? मधेसी काकाको छोराको जन्ती जाने र पहाडे ठुलोबुबाकी छोरिको विवाहमा दाइजो लिएर भोज जाने हामी को मधेसी को पहाडी? अरुका कुरा सुनेर, बहकिएर एकाअर्कालाई नसुन्ने, नटेर्ने, नगन्ने… बिभाजन र बिखण्डनका कुरा गर्न सक्ने भयौं। राजनितिक चेतना र प्रवृत्ति त्यसरी बिकसित तुल्यायौँ। कतिलाई लागेको होला गजब गर्यौँ तर पुराण तिर व्याख्या गरिएको यदुवंस नास भएको बाटो तर्फ तिब्र अग्घी बढेको स्थिती बाहेक क्षणिक खुशी आत्मरती मात्रै हो। मधेस र मधेसि नागरिक अधिकारबाट बन्चित गरिएकै हुन, अधिकार बाँढफाँड र प्राकृतिक न्यायबाट तथाकथित पहाडे नेतृत्वले चुकाएकै हो। तिनै मुलधारका राजनितिक दलले भोट बैंक बनाएका लोभी, पापी, स्वार्थी, संकृण, नियत बेग्लै रहेका अंगिकृत नागरिकलाई राजनितिमा प्रयोग गर्ने, नेतृत्व दिने, राज्यका अवसर र सुविधा दिदादिदै आज मुलधारका नेतृत्वलाई नै बिस्थापित गर्न खोज्ने आँट स्वत स्फुर्त, कसैको इशारामा अथवा नेतृत्वको अकर्मण्यताको परिणामस्वरूप बिकास भएको हो अध्यायनको बिषय हुनसक्छ। त्यसैगरी राजनितीक संक्रमणकालको मौका छोपी, सरकार लाई आन्दोलनका माध्यमबाट गलाएर जबर्जस्ती जायज/नाजायज माग पुरा गर्न मरिमेटेका मधेसी दल र नेतृत्वको महाभुल हो। पहाडी समुदायले पनि सुध्रनु पर्ने र सुधार्नु पर्ने धेरै कुरा छन्।
यो माटो, बन, पानी, पर्याबरण पहाडे/ मधेसी दुबैको हो र तिनको बाँडफाँडको बिधी नबसाएर जथाभावी दलिय भागवण्डा र त्यसमा पनि बोल्न र बिरोध गर्नेलाइ भाग राख्ने र अन्यलाई बिमुख राखेर बाँडचुड गर्नुपर्ने वर्तमान परिप्रेक्षमा हामी बिचलित भएका हौं। गुटबनाएर अधिकारका नाममा सुबिधा र उन्मुक्ति हिजोआज मधेसी दलले गर्दैछन्। त्यहिकुरो सिकाएको मुलधारका अगुवा राजनितिक दल या दलिय नेतृत्वले नअइ हो नि। खासमा हामी दाहुभाइ हौं र त्यस भावनालाई कायम राख्न एकार्का प्रत्ती बिश्वास र सम्ममानको स्थिती शृजना नगरी शृङ्खलावद्ध आरोप्प्रत्यारोप गर्दै जाने हो भने हामी सबैको सर्वनास अवस्यम्भावी छ।
…खास कुरो त पहाडी समुदायको मधेसीसमुदाय प्रतिको अबिश्वास र नेतृत्वले यतिन्जेल राज्यका श्रोत र साधनहरु दलिय भागबन्डामा बाँढिचुँढी गरेर लिएको मधेसी समुदायले देखेकै कारण आफ्नो भागखोज्नु, वर्तमानमा स्थापित प्रतिमान/पद्धति सहित नियतको दोष हो। मधेसी नेतृत्व र समुदाय भन्दा पहिला काठमाण्डौका राजनितीक नेतृत्व र प्रशासनिक नेतृत्व सुध्रन अनिवार्य छ।