नेपालको तराईमा अबस्थित जिल्ला रौतहटको गरुड नगरपालिका-४स्थित राजमार्ग नजिकै खाल्डोमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसोको समयमा चार बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गरुड नगरपालिका-४ का १२ वर्षीया संगीता शाह, नौ वर्षीया सुस्मिता शाह, नौ वर्षीया सुनिता शाह र नौ वर्षीया सुनैना शाह रहेका छन्।
मृत्युको घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ।