वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका सिन्धुपाल्चोकको नेपाने गाउँमा खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन्। स्थानीयको व्यापक जनश्रम तथा विभिन्न सङ्घसंस्था एवम् व्यक्तिको आर्थिक सहयोगमा सो योजना सञ्चालनमा आएपछि पुस्तौँदेखिको खानेपानीको समस्याबाट गाउँलेले छुटकारा पाएका हुन्। गाउँमा रहेका सीमित कुवाबाट पानी पाउन नसकेपछि विकल्पको रुपमा घन्टौँ ओरालो उकालो हिँडेर टाढाको खोलाबाट एक गाग्री पानी ल्याउनु पर्ने बाध्यता थियो । बर्खायाममा केही सुविधा भए पनि हिउँदको सुक्खायाममा ज्यादै सास्ती ब्यहोर्नुपरेको स्यानीय ईश्वरी तामाङले बताइन्। “सुक्खायाममा एक गाग्री पानी ल्याउँदैमा सारा बिहान बित्ने गथ्र्यो”, स्थानीय हीरामाया तामाङले भनिन्, “अरु काम गर्न समय नै पुग्दैनथ्यो । कुवाको पानी पाउन राति २ बजे नै उठ्नु पथ्र्यो, ढिला भए कुबामा जम्मा भएका पानी सकिन्थ्यो र खोलामा नगई विकल्पै थिएन । अब त घर आँगनमा धारा जडान भएपछि निकै सुविधा पुगेको छ ।” – See more at: http://setopati.com/samaj/66107/#sthash.9ajATycC.dpuf