Best Online News From Nepal

कोरियाली पुरुषसँग विवाह गर्ने नेपाली घटे

कोरियाली पुरुषसँग विवाह गरी दक्षिण कोरिया जाने नेपाली महिलाको संख्यामा कमी आएको छ । कोरिया सरकारले सन् २०१४ को अप्रिलबाट विदेशी महिलासँग विवाह गर्न कोरियाली पुरुषका लािग नयाँ मापदण्ड लागू गरेपछि नेपाली महिलासँगको विवाह दर घटेको अन्नपूर्ण दैनिकले समाचार छापेको छ ।  वैवाहिक सम्बन्धबाट कोरिया जाने नेपाली महिलाको वास्तविक तथ्यांक छैन । नेपाली चेली समाज दक्षिण कोरियाका अनुसार एक हजार दुई सय नेपाली महिला कोरियनसँग विवाह गरेर कोरिया गएका छन् । गत वर्षहरुमा वार्षिक करिब ६० जना नेपाली युवत विवाह भिसामा दक्षिण कोरिया जाने गरेको चेली समाजले जनाएको छ ।
कोरियामा विदेशी महिलासँग विवाह गरेपछि पारिवारिक तथा सामाजिक समस्या देखिन थालेपछि सरकारले २०१४को अप्रिलदेखि नयाँ मापदण्ड लागू गरेको हो । नयाँ मापदण्ड अनुसार विवाह गरेर कोरिया भित्रने विदेशी महिलासँग आधारभूत कोरियन भाषाको ज्ञान अनिवार्य हुनपर्ने र कोरियन पुरुषले आर्थिक स्रोतको आधार पेश गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *