- काभ्रेबाट प्रकाशित तपाँई हाम्रो साप्ताहिक पत्रिकामा प्रकाशित धँवाको मुस्लोमा कमिसनको खेल भन्ने समाचार प्रकाशित हुदा चुनावबाट जितेर गएका जनप्रतिनिधिहरुको बैधानिक नियर्ण क्षमता भएको कार्यपालिकाले निर्णय गरेपछि त्यसलाई कार्यान्वयन गर्न सार्वजानिक सुनुवाई गर्नुपर्ने भनि पाँचखाल नगर पालिकाका मेयर महेश खरेल ज्यूले भनेपछि आम सर्वसाधारण विशेषतः पिडित पक्ष शशंकित बन्नु पर्ने देखिएको छ । पाँचखाल नगरपालिकाको ४ औ नगरसभालाई सम्बोधन गर्दै शक्तिशालि जनप्रतिनिधि लाचार बन्यर जनताको प्रत्यक्ष स्वास्थ्य र बालिनालिमा असर गरिरहेको बिषय कार्यपालिकाको निर्णयलाई सार्वजनिक सुवाईमा लैजानुपर्छ भन्नु जनमतलाई लात हान्नु हो कि हैन? मेयर साब
एक त सार्वजानिक सुनुवाई सिद्धान्तत त्यस्ता विषय बस्तु प्रति उठान गरिन्छ जुन पक्ष माथि अझ स्पष्ट हुन आबश्यक छ । जुन कुरा सिधा र सपाट छ त्यस्ता विषयबस्तु प्रति अझ थप धारणा निर्माण गर्न र ब्याख्या गर्न जरुरी नै हुदैन् । दोस्रो सार्वजाकि सुनुवाईमा मत विभाजन गर्ने र त्यसको फाईदा सुत्सित पक्षले लिने भन्नेमा कुनै दुई मत नै छैन् । किनकी सार्वजानिक सुनुवाई कुनै निर्णय गर्ने निकाय होइन् ।

ईटा भट्टा एउटा उघोग हो । सिद्धान्तत उघोगः आर्थिक विकाशको पाटो भएको हुनाले विरोध गर्न मिल्दैन किनकि त्यसमा केहि सिमित ब्यक्तिहरुको रोजगारि श्रृजना भएको हुन्छ । केहि हदसम्म नाफाको वितरण भएको हुन्छ । केहि हद सम्म भएपनि श्रमजिवि जनतालाई आर्थिक उन्नतीमा टेवा पुगेको हुन्छ । इटा भट्टा बन्द गर्दा त्यस क्षेत्रबाट भएको अर्थिक कटौटी भन्दा समग्रमा आर्थिक क्षेत्रमा फाईदा हुन्छ । जुन श्रमिकले इटा भट्टामा रोजगारी पाएका थिए उनिहरु कृषि क्षेत्रमा स्थानतरण हुदा बाँझो बस्नुपर्ने खेतवारीबाट अतिरिक्त मुल्यको श्रृजना गर्न सकिन्छ । र विदेशिएको श्रमको अभाब जुन कृषि क्षेत्रले भोग्नु परेको छ केहि हदसम्म त्यसको पूर्ति हुन जान्छ ।
अर्को इटा भट्टा उघोगको विरोध होईन ब्यबस्थित र नियमन नहुनुको विरोध हो वातावरणिय हिसावले टुप्पो डाडाँमा राख्दा त हुने हो तर पाँचखालको भूधरातलिय हिसावले हेर्दा तल समथर कृषि योग्य भुमिमा इटा उघोग संचालन गर्दा त्यसको धुँवा वरिपरि पहाड डाँडाले छेकिएको कारणले गर्दा त्यहि आकाशमा रुमल्लिएर बस्छ र डाँडाका अग्ला बस्तीहरुमा त्यसले अषर देखाउने गरेको पाईएको छ ।
फेरि खाध्यान्नमा आत्मनिर्भर नभएको हाम्रो मुलुकमा कृषि योग्य जमिनमा कब्जा गर्नु कत्तिको जायज कुरा हो । सि. ओ.पि.डि (क्रोनिक अब्सट्रटिभ पल्मोनरि डिजिज ) का धेरै विरामिहरु पाँचखाल क्षेत्रबाट धुलिखेल अस्पताल र बनेपाको शिर मेमोरियलमा आउनुले पनि के तथ्य स्पष्ट हुन्छ भने धुवाँबाट श्रिजित विरामी माथि अस्पतालमार्फत भएको खर्च इटा उघोगबाट प्राप्त मुल्यमा कतौटि गर्नु पर्छ कि पर्दैन ?
सधै सार्वजानिक सुनुवाईको नियत र असर सहि हुन्छ भन्ने हुदैन यो त विधि न हो । विगतमा पनि केहि रकम दिएर कुत्सित हितमा बोल्न लगाइएको उदाहरण प्रष्ट देखिएकै हो । लगान पाएका कृषक हुन सक्छन् । लगानी गरेका साहु जि हुन सक्छन् । तर जे होस् सार्वजानीक सुनुवाईमा मत सधै नै विभाजन हुन्छ । तर हाम्रो विवेवको आँखाले हेर्दा के बस्तिबाट ३० मिटको दुरीमा, स्कुलबाट २० मिटरको दुरिमा जोडिएको ईटा भट्टा उघोगले मानव स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभाब एक तिर र पैसा एकातिर छ कुन लाई रोज्ने हो विवेक प्रयोग गरौ ।