Best Online News From Nepal

के तपाई क्रिचियन हो ? आखिर RIP के हो ?

आखिर RIP के हो ?

कसैको मृत्यु समबेदना मा आजकाल फेसनको रूपमा बिकाश भैरहेको छ । मलाई लाग्छ हामी आफै बिदेशी सभ्यताको पछाडि लागेर आफ्नो संस्कृतिलाइ बिर्सदै गएकोले यस्तो भएको हो। अझै भनौ यो एउटा बिकृतिको रूपमा बिकास भैसकेको छ ।
1800 शताब्दीमा ल्याटिन शब्द Requiescat in pace वाट सुरु भयेको यो शब्द को पुरा रुप Rest In Peace हो । जस्को अर्थ “शान्ति सङ आराम गर” हुन्छ । यो शब्द उनिहरुको लागि उपयुक्त हुन्छ जसलाइ एउटा सुरक्षित बाकस ( शवबाकस) मा राखेर गाडिने गरिन्छ । किनकि इसाई र मुस्लिम धर्म मन्नेले उनीहरुको मान्यता अनुसार जुन दिन “जजमेन्ट डे” अथवा “कयामत को दिन ” (पर्लय ) आउनेछ त्यस दिन जति पनि गाडिएका शवहरु छन् ति सबै पुनर्जीवित हुन्छन् । त्यसैले उनिहरुलाइ लक्ष्यित गर्दै भनिएको हो त्यस दिनको पर्खाइमा शान्तिपुर्ण आराम गरि बस्नु ।
तर हाम्रो पूर्बीय दर्शनशास्त्र र हिन्दु धर्मशास्त्र अनुसार शरीर एउटा नश्वर ( नाश हुने ) हो र आत्मा अमर हुन्छ । त्यसैले हिन्दु शरीर लाई जलाउने गरिन्छ । त्यसैले त्यस्को लगि Rest In Peace को कुनै अर्थ छैन । हिन्दु धर्म अनुसार जव मानिसको मृत्यु हुन्छ उतिबेला नै उसको शरीरबाट आत्मा निस्केर कुनै न कुनै नयाँ जीवाणु वा शरीरमा प्रवेश गर्दछ । त्यस नयाँ जिवनको लागि गति प्रदान होस भनेर आत्माको गतिको लागि मृत्यु क्रियाकर्म, श्राद्धकर्म र शन्तिपाठ गरिन्छ ।
त्यस्कारन कुनै हिन्दु मृतात्माको लगि “हार्दिक श्रद्धाञ्जली ” ; “भावपुर्ण श्रद्धाञ्जली” ; “दिवंगत आत्माले सदगति पाओस ” ; “दिवंगत आत्माले शान्ति पाओस् “; ” परिवार प्रति हार्दिक समवेदना” भन्ने जस्ता उक्तिहरु लेख्न सकिन्छ । कुनै इसाई तथा इस्लाम धर्मलम्बीहरुमा मित्रहरू छन् भने उनीहरुको लगि RIP लेख्न सकिन्छ ।
हामी अल्छि भएर धेरै छोटो लेख्न खोज्दा जानी या नजानी हाम्रो सस्कृतिलाइ असर पुर्याउन पुगेका छौं त्यसकारण हामी सम्पूर्ण हिन्दु धर्मावलम्बीहरु पुनः यो गल्ती नदोहोर्‍याउन आग्रह गर्दछु ।।