Best Online News From Nepal

कृषकलाई पेन्सन दिन १५ करोड बजेट

कृषकलाई पेन्सन दिन सरकारले आगामी बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । अर्गानिक र व्यवसायिक कृषिको विकासका लागि सरकारले मोटो रकम खर्चन लागेको हो । कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो । पेन्सन सुविधा कार्यान्यवनय भएसँगै युवापुस्ता कृषितर्फ आकषिर्त हुने सरकारको विश्वास छ । तर, जग्गा बाँझो राख्ने किसानले भने पेन्सन पाउने छैनन् ।
किसान पेन्सन योजनाले बहुसंख्यक नेपालीलाई सम्बोधन गर्ने भएकाले यो निकै लोकप्रिय कार्यक्रम हुने र जनताको मन जित्न सकिने सरकारले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *