Best Online News From Nepal

कार्कीद्वारा स्टेशनरी सहयोग

फागुण २६,पोखरा

पोलेमनपा–१० बुद्धचोकका युवा व्यवसायी रामराजा कार्कीले तीन विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरेका छन् । आफु र छोरा आरबजंग कार्कीको जन्मोत्सवका अवसरमा उनले रामेछाप घर भई नागढुङ्गामा बसोवास गर्दै आएका रीता मगरका छोराछोरी अंकित, अंकिता र नागढुङ्गाकै सुजन शेर्पालाई झण्डै १५ हजार बराबरको स्टेशनरी सहयोग गरेका हुन् ।

पोखरामा डकर्मी काम गर्दै आएकी रीताले कमजोर आर्थिक अवस्थाका कारण छोराछोरी पढाउन धौ धौ भएको जनाउँदै कार्कीको सहयोगले ठूलो राहत मिलेको बताइन् । उनले पछिल्लो समय शारीरिक कमजोरीका कारण काम गर्न नसक्ने अवस्था आएको बताउँदै छोराछोरीको शैक्षिक शुल्क समेत तिर्न नसकेको दुखेसो प्रकट गरिन् ।

सहयोग हस्तान्तरण पछि कार्कीले अनावश्यक गरिने खर्च रकम जोगाउन सकिए पनि समाजसेवागर्न सकिने बताए । सहयोग गर्न पाउँदा खुसि लागेको बताउँदै कार्कीले आगामी दिनमा आफुले व्यक्तिगत वा संस्थाग रुपमा पनि सघाउने बताए । त्यस्तै, अर्का सहयोगी कृष्णहरी दवाडीले तीनैजना विद्यार्थीहरुलाई विद्यालय पोशाक खरिद गरिदिने प्रतिवद्धता जाहेर गरे । नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले कार्यक्रमको संयोजन गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *