Best Online News From Nepal

काभ्रेपालञ्चोकमा श्रीमतीले श्रीमान लाई खुर्पाले हाने र मारेको आशङ्कामा श्रीमति पक्राऊ

दिलकुमार श्रेष्ठ/ काभ्रेपलाञ्चोक_——–images (1)images (1)

साउन १२ , काभ्रे – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा बिहीबार श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।

‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला प¥यो,’ प्रहरी निरीक्षक घिमिरेले भने ।

विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *