काभ्रेमा घुससहित दुई कर्मचारी प्रक्राउ परेका छन्। बिहीबार घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलमा कार्यरत दुई कर्मचारीहरु घूससहित रङ्गेहात पक्राउ परेको जानकारी प्राप्त भयको छ।
उनका अनुसार घरेलु कार्यालयमा सहयोगी हरी सेवुदी र माधव कुईकेल सेवाग्राहीसंग १४ हजार घुस लिदाँलिदैँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले नियन्त्रणमा लिएको हो।
भुम्लु गाउपालिका ९ स्थित नारी समूह पोल्ट्री फर्म दर्ताका लागि सेवाग्राही पटक-पटक कार्यालयमा आएपनि विभिन्नि झमेला देखाई सेवाग्राहीसँग रकम मागेर काम नगरेको उजुरीका आधारमा उनीहरुलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियारले घरेलु उद्योगका अरु कागजातहरु पनि अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। जिल्लामा आर्थिक कारोबार हुने नापी कार्यलय, मालपोत कार्यालय घरेलु तथा साना उद्योग कार्यालयमा कर्मचारीले सेवाग्राहीलाई विभिन्न बाहानामा दुख दिई विचौलीयाबाट रकम अशुल्ने गरेको उपभोक्ताको गुनासो छ।