Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा बस र जिप पल्टिदा ८ जनाको मृत्यु, १० घाईतेको उदार हेलिकप्टर मार्फत

काभ्रेपलाञ्चोक को बनेपाबाट गोकुले जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । एक जना हराइरहेकोमा गाडी मुनी किचिएको अवस्थामा ८ वर्षकी कृष्टिना मोक्तानको शव भेटिएको हो । मृतकहरुमा ३५ वर्षकी खेलिमाया बल, २० वर्षकी पुतलीमाया बल, २२ वर्षकी मेहन्दीमाया जिम्बा, २७ वर्षका मनित मोक्तान, १९ वर्षकी कुमारी जिम्बा छन् ।  

ज्यान जाने सबै माहाभारत गाउँपालिका २ नं वडाका छन् । मृत्यू हुने मध्ये एक जनाको नाम बतन नखुलेको प्रहरीले जनाएको छ । घाइते १० जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको  हो । घाइते मध्ये गम्भीर रहेका ८ वर्षका अभिशेक जिम्बाको कान्ति बाल अस्पतालमा उपचार भैइरहेको  छ ।  

बा १४ प ९५५६ नम्बरको जीप विहान बनेपाबाट गोकुले गएको थियो । दसैँमा घर जान जीप रिजर्भ गरेर गोकुले जाँदै गरेका उनीहरु काभ्रेको रोशी गाउँपालिका ३ शिखरआम्वोटेको निगालेमा दुर्घटना भएको  हो  ।  त्यस्तै सोहि गाउपालिकामा ना ३ ख ३२१५   बस पल्टिदा बसका कन्टकटर को मृत्यु भयको हो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *