Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा जन निर्वाचित वडा अध्यक्ष माथि सांघातिक आक्रमण अबस्था चिन्ताजनक, सुरक्षा खै

धुलिखेल नगरपालिका वडा नम्वर २ रविओपीका वडा अध्यक्ष राजन कोईराला माथी आईतबार राति भएको आक्रमणमा संलग्नको पहिचान हुन सकेको छैन । अचेत अवस्थामा नर्भिक अस्पतालको आईसियुमा राखिएका कोईरालाको स्वास्थ्य सुधारउन्मुख हुन सकेको छैन ।

धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यन्जुले दुख व्यक्त गर्दै फेसबुक मार्फत विज्ञप्ति जारि गर्नु भयको छ।

धुलिखेल नगरपालिका वार्ड न. २ का जननिर्वाचित वडा अध्यक्ष राजन कोइराला अनपेक्षित घटनामा परेर अचेत र घाइते अवस्थामा रबि ओपिको बाटो मुनि स्थानीय जनताले भेत्त्ताइ काठमाण्दौको नर्भिक अस्पतालमा उपचार भै रहेकोछ ! यस दुखद् घटनाको नगरपालिका नेपाल सरकार र स्थानीय प्रसाशन लाइ अनुसन्धान गरि यथार्थ उजागर छिट्टै होस् भन्दै यस घटना कसरि, कसले, किन र को बाट भएको भन्ने आमजनता जान्न चाहेकोछ ! यस घटनाले जानप्रतिनिधिको सुरक्षा र जनताको शान्ति र अमंन चयनमा राज्यको ध्यान आकर्षण गराउदछौ ! र घटनामा पर्नु भएका अध्यक्ष राजन कोइरालाको सिघ्र स्वास्थ लाभको कामना गर्दछ ! साथै परिवार जनमा यस दुखद र पीडादायी क्षणमा सयमता र सामना गर्ने शक्ति प्राप्त होस् भन्दै नगर कार्यपालिकाको मिति २०७४ भाद्र ६ गतेको बैठक वाट सहानुभूति प्रकट गर्दछ ! साथै उहाको स्वास्थ उपचारको लागि एकाबद्द्ता र सहयोगी रहनेछौ !

अशोक कुमार ब्यान्जु श्रेष्ठ
प्रमुख
धुलिखेल नगर पालिका काभ्रे, परिवार
३ न. प्रदेश, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *