Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा को को भिड्दै छ्न जिल्ला समन्वय समितिमा

काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको निर्वाचन आगामी साउन २५ गते हुने भएको छ ।

1

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व सचिव शंखबुद्ध लामाले संयोजकमा र उप संयोजकमा माओवादी केन्द्रकी चेतमाया चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट सदस्यहरुमा नवराज थापा, विष्णुमाया विक, स्मिता भण्डारी, मुकुन्द सापकोटा, रामप्यारी श्रेष्ठ, माईली दनुवार र सुमनराज पाण्डे रहेका छन । माओवादीले ३ सदस्य र कांग्रेसले चार सदस्य भागबण्डा गरेर चुनावी तालमेल गरेका हुन् ।

त्यसैगरी जिल्ला समन्वय समितिको निर्वाचनका लागि भएको मनोनयन दर्तामा एमालेबाट उद्धव केसीले संयोजक र मञ्जु गौतमले उप संयोजक पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सदस्यहरुमा सन्तुन केसी, प्रेम लामा, कृष्णबहादुर तामाङ, राजकुमारी श्रेष्ठ, शुभवती शिवभक्ति, गिता सुनुवार र विकास मंग्रान्तिले उम्मेदवारी दिएका छन् ।

जिल्लामा रहेका १३ स्थानीय तहमध्ये बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका सहित भुम्लु र खानीखोला गाउँपालिका जितेको एमालेसँग जिल्ला समन्वय समितिको लागि १४ मत रहेको छ । जबकि जिल्लामा विजयी बन्न १३ मत आवश्यक पर्दछ । त्यसैगरी पाँचखाल नगरपालिका सहित बेथानचोक, रोशी र तेमाल गाउँपालिका जितेको नेपाली काँग्रेससँग ८ मत र चौंरीदेउराली र महाभारत गाउँपालिका जितेको माओवादी केन्द्रसँग ४ मत रहेको छ । यी दुवै गठबन्धनमा रहेका दलको मत संख्या १२ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *