काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका मा मापदण्ड विपरित सञ्चालित ईट्टा भट्टा र पलाउड कारखानाले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्यो भन्दै स्थानिय जनताले जननिर्वाचित वडा अध्यक्ष सहित पाचखालनगरपालिकाका मेयर महेस खरेल लाई ज्ञापन पत्र बुझाय पश्चात नगरपालिकाका ईटा भट्टा सचालक, जनप्रतिनिधि र जनताहरु विच छलफल भयर विज्ञहरु सहितको छानविन समिति नबनुन्जेल कुनै पनि उधोग ५ दिन सम्म सञ्चालन गर्ने नपाईने निर्देशन ईट्टा भट्टा र पलाउड कारखानले उलग्न गरेका छ,


पाचखाल नगरपालिकामा
एक टोल एक क्यान्सर रोगि छन भन्दा फरक नपर्ला, यसै विचमा पाँचखालमा धुवा धुलो ले स्तानिय आक्रान्त छन।
राजनितिक पाटि र कर्मचारिको मिलो मतोमा पाँचखालमा मापदण्ड विपरित ईट्टा भट्टा र प्लाईउड कारखाना विगत देखि सञ्चालनमा रहेका छन, ईटा उत्पादनको नाममा पाचखालका कृषि जन्य खेत हरु मरुभुमिमा परिणत भयका छन,
पाचखालनगरपालिका का जननिर्वाचित मेयर महेस खरेलले पाचखाल उपत्यकालाई नेपालकै कृषि क्षेत्रमा नमुना बनाउने घोषण गरेको केहि समय मै उघोगिको खोलमा पाचखालको उर्बर भुमिलाई तहसनहस बनाउन केहि व्यक्तिहरु लागि परेकाछन। यसको लागि स्तानिय चनाखो हुन जरुरि देखिन्छ?
मानव वस्तिको विचमा कसरि उधोग स्थापना हुन्छ त्यो पनि धुवाको मुस्लो फाल्ने जगलको छेउमा घरहरुको विचमा?
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल उपत्यकाको भविष्य खरानि बनाउने ईट्टा भट्टा र प्लाईउड कारखाना, मानव वस्ति, स्कुल र जगलको बिच- विच स्थापना भयका यि ईट्टा उद्योग र कारखाना नियम कानुन बिपरित छ, भविष्यका पुस्ताको लागि दुखद कुरो हो। वातावरण बिरुद्व मानव जिवन सग खेल्नु के राम्रो छ? नियम निकायका कर्मचारिको मिलोमतोमा मापदण्ड विपरितका उधोग खोल्ने र चल्ने क्रम नरोकियको मा सोझा साझा स्तानिय चिन्तित छन।