Best Online News From Nepal

काभ्रेपलाञ्चोक क्षेत्र नं १ बाट तिर्थ लामा सिफारिस, क्षेत्र नं २ मा मधु आचार्यको सम्भावना बढ्यो

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले मंसिर २१ गते हुने संघ तथा प्रदेशका लागि क्षेत्र नं १ बाट प्रतिनीधि सभाको लागि तिर्थ लामालाई सर्वसम्मत सिफारीस गरेको छ ।

मंगलबार बसेको साविक क्षेत्र नं १ र २ को क्षेत्रिय कार्यसमितिको संयुक्त बैठकले लामालाई उमेदवार बनाउने निर्णय सर्वसम्मत रुपले जिल्ला कार्य समितिलाई सिफारीस गरेको थियो ।

क्षेत्र नं २ मा भने नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापती मधु आचार्यको नाम सर्वसम्मत हुन सक्ने चर्चा रहेको छ । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर ४ ले मधु आचार्यको नाम सर्वसम्बत गरेपछि   मधु आचार्यको नाम  अगाडि आयको हो। जनआन्दोलनका क्रममा शाही दमनमा एकमात्र छोरा समेत गुमाएका आचार्य कांग्रेस काभ्रेका शिष्ट र शालिन नेताको रुपमा परिचित छन् ।

प्रतिनिधि सभाका लागि काभ्रेमा २ क्षेत्र निर्धारण गरिएको छ भने प्रदेश तहमा ४ वटा क्षेत्र रहेका छन् । प्रदेश सभाका लागि क्षेत्र नं १ बाट दिनेश लामा र शेरबहादुर लामाको नाम जिल्ला कार्य समितिमा सिफारीस गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *