Best Online News From Nepal

काभ्रेपलाञ्चोक को बनेपा तनावग्रस्त कहिले सम्म सहने टिपर आतङ्क? अरनिको राजमार्ग अवरुद्ध

ट्रिपरको ठक्करले मोटरसाइकल चालक घाइते भएपछि सुरु भएको विवाद झडपमा परिणत भएपछि बनेपा तनावग्रस्त भएको छ ।

पीडित पक्षले गरेको प्रदर्शन नियन्त्रणवाहिर गएपछि अरनिको राजमार्ग अवरुद्ध हो।

परिस्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले बजार बन्द गराएको छ । बनेपामा बा २ ख ६१ ७३ नम्बरको लोढ भएको ट्रिपरले ना १६ प २७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

बनेपा हुँदै काठमाण्डौ तर्फ गईरहेको ट्रिपरले फरक साईडमा गएर मोटरसाईकललाई ठक्कर दिइएको बताईएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालक धुलिखेल नगरपालिका २ बस्ने बिशाल तामाङ रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिइएपछि बनेपा यतिबेला तनाव ग्रस्त छ । आक्रोशित भिडले टिपरमाथी तोडफोड गरेका छन् भने ति यात्रीको अवस्था र उनको ठेगानाबारे अझै खुल्न सकेको छैन । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *