मिति २०७४।०४।१६
गते विशेष सुचनाको आधारमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं. ७ गोदाम चोक स्थित चन्द्र माया लामाको घरमा डेरा गरी बस्ने केशव पौडेल समेतले अवैध VOIP (कल वाईपास) गरेको भन्ने खबर प्राप्त भए पश्चात केन्द्रिय अनुसन्धान ब्युरो र ई.प्र.का. बनेपाको संयुक्त टोलीले उक्त घर कोठा खानतलासी गर्दा VOIP (कल वाईपास) मा प्रयोग हुने निम्न उपकरण तथा सामानहरु बरामद गर्नुको साथै निम्न प्रतिवादीहरुलाई पक्राउ गरी, दुर संचार ऐन २०५३ बमोजिम कारवाही र सजायको लागि मिति २०७४।०४।१७ गते सम्मानित अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको छ ।
१. म्याग्दी जिल्ला मंगला गाँउ पालीका वडा नं २ बाबिया चौर बस्ने चक्रपाणी पौडेलको छोरा बर्ष २९ को केशव राज पौडेल (पक्राउ) ।
२. का.प.जि.रोशी गा.पा.वडा नं ३ शिखर अम्बोटे बस्ने ईन्द्र बहादुर लामाको छोरा बर्ष २२ को विकाश लामा (पक्राउ) ।
३. ऐ. चौरी देउराली गा.पा.वडा नं ४ बस्ने चिनिया लामाको छोरा बर्ष २४ को सुजन तामाङ (पक्राउ) ।
४. दोलखा जिल्ला फस्कु गा.पा.वडा नं ८ रातमाटे बस्ने मोहन बहादुरको छोरा बर्ष २४ को अवि थापा (पक्राउ) ।
५. का.प.जि. रोशी गा.पा. वडा नं ८ सिपाली चिलाउने बस्ने सोम प्रसादको छोरा बर्ष ३२ को विनोद कुमार मैनाली (पक्राउ) निजलाई २०७०।०६।१४ गते जि.प्र.का. काभ्रेबाट मुद्दा चलाई ३ बर्ष कैद भुक्तान समेत भै सकेको उक्त घट्नामा भारतीय नागरिकहरुको पनि संलग्नता रहेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ।
बरामद गरेको दशीको विवरणः-
———————————-
१. ६४ पोर्टको VOIP gate way थान-२, ८) Acer कम्पनीको ल्यापटप र चार्चर थान-१/१
२.TP Link को राउटर थान-१ ९) NTC को Wi-Fi राउटर थान- १
३. Micro मोडीयम USP थान-१ १०) USB मोडीयम थान-१
४. KEVIN HOME UPS थान-१ ११) स्मार्ट सोलार डिप ब्याट्री थान-१
५. स्मार्ट टेलको सिम कार्ड—१२० पिस । १२) HP को पेनड्राईभ थान-१
६. NCELL को सिम कार्ड थान-२ १३) मल्टीपल्ग थान-१
७. नगद रु.१७,०००।– १४) मोवाइल सेटहरु ६ थान ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारि दियको छ।