अशोक काफ्ले/ काठमाडौ विश्वविद्यालय
काठमाडौं युनिभर्सिटी द्वारा काठमाडौं को भद्रकाली देखी माइतीघर मण्डला सम्म प्रदुषण नियन्त्रणमा शान्ती पुर्ण र्यालि गरियो। उक्त कार्यक्रम माइतीघर मंडलामा १५ मिनेट मा कार्यक्रम सकेर पशुपति सरसफाइ गर्न पशुपति तिर लागियो । सरसफाइ कार्यक्रम मा १०-१० जना को ७ वटा समुह मा बिभाजन गरेर पशुपतिपरिसर मा सरसफाइ गरियो ।
सरसफाइ मा स्थानीय , पर्यटक र पस सञ्चालक हरु को सकारात्मक धारणा थियो। सरसफाइ कार्यक्रम २ घन्टा को भयो ।उक्त कार्यक्रममा ७० जना स्व्यम्सेवक थिए र उक्त कार्यक्रम को inauguration Dhulikhel का मेयर Mr . अशोक बेन्जुले युनिभर्सिटी को परिसर Dhulikhel मा गर्नु भयो र inauguration मा स्कुल of ईन्जिनियरिङ का dean भुपेन्द्र बिमल छेत्री , Dr कन्हैया झा र Dr रबिन्द्र बिष्ट ले आ आफ्नो मन्तव्य राख्नुभो । mayor ले प्रकृर्ती लाई जगेर्ना गर्न सम्पुर्ण को उतिकै भुमिका रहन्छ र सबैले आ आफ्नो ठाँउ बात सक्दो प्रयास गर्नु पर्छ भन्नु भो ।
ईन्जिनियरिङ पढेर पनि येस्तो सामाजिक काम मा लागेकोले सम्पुर्ण बिद्यार्थी लाई धन्यवाद भन्नू भो । ‘काठमाडौं बिश्वमा वायु प्रदुषणमा पाचौं श्रेणीमा पर्दछ। प्रदुषण को मुख्य कारण अव्यवस्थित सडक बिस्तार र धेरै पुराना गाडी अझै पनि सन्चलान मा आउनु हो। यदि प्रदुषण को कण को ब्यास २.५ माईक्रो मीटर भन्दा कम भयो भने उक्त कण सिधै छालाबाट हाम्रो शरीरमा प्रवेश गर्दछ। उक्त कणको मात्रा काठमाडाैंमा २.५ माईक्रो ग्राम प्रति घन मीटर रहेको छ। यदि यसरी नै काठमाडाैंमा प्रदुषण बढ्दै जाने हो भने अागामी केहि बर्षमै काठमाडाैंको पनि भारतकाे दिल्लीको अवस्था न आउला भन्न सकिदैन। हाम्रो कार्यक्रम को मुख्य उद्देश्य भनेको यस बिषयमा सम्बन्धित निकायको ध्यानार्कषण होस भन्ने हो।’उक्त कार्यक्रमका संयाेजक रमन बडैलाले बताउनुभयाे ।