Best Online News From Nepal

कांग्रेस महाधिवेशनः पाँचथरमा मिश्रित परिणाम

नेपाली कांग्रेस पाँचथरमा मिश्रित परिणाम आएको छ। क्षेत्रीय समितिको अधिवेशनबाट संस्थापन र देउवा पक्षका बराबरीजस्तै महाधिवेशन प्रतिनिधि र क्षेत्रिय समितिमा निर्वाचित भएका छन्।
पाँचथर क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा समरबहादुर अधिकारी निर्वाचित भए। क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा वर्तमान सभापति एवं सभापतिका आकाङ्क्षी केरुङ, पूर्व गृहराज्यमन्त्री दिपकप्रकाश बाँस्कोटा, ओनाहाङ नेम्वाङ, मित्रप्रसाद काफ्ले, टेकेन्द्र काम्बाङ र अम्बिकाप्रसाद न्यौपाने खुल्लातर्फ निर्वाचित भए। महिलातर्फ कृष्णकुमारी खतिवडा र मधु जवेगु निर्वाचित भए ।दलित तर्फ पूर्णबहादुर नेपाली र जनजातितर्फ विजुलीविक्रम नेम्वाङ निर्वाचित भए ।
यस्तै क्षेत्र नं. २ को सभापतिमा डेकेन्द्रकुमार तामाङ बिजयी भए। क्षेत्रीय समितिका सचिव, कोषाध्यक्ष र सदस्यहरु सर्वसम्मतिले निर्वाचित भए। क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा सुरेन्द्रकुमार दाहाल दाहाल, पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा, युवा नेताहरु वीरेन्द्रकुमार खड्का, धर्मेन्द्रविक्रम नेम्वाङ, डिकेन्द्र चेम्जोङ, राजेन्द्रप्रसाद रिजाल र धनराज तुम्वापो खुल्लातर्फ निर्वाचित भए। दलितमा विमल धमला निर्वाचित भए भने महिलातर्फ देशु सुहाङ र देवित्रा आङ्देम्बे निर्वाचित भए । जनजातितर्फ रामराज आङ्देम्बे निर्वाचित भए ।
क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधिहरु चयन भएपश्चात काँग्रेस अधिवेशन जिल्ला नेतृत्वमा केन्द्रीत भएको छ। दुवै उम्मेद्वारले चुनावी प्रचारलाई तिब्र पारेका छन्। क्षेत्रीय अधिवेशन सकेर सभापतिका आकाङ्क्षी सुरेन्द्रकुमार दाहाल र वर्तमान सभापति केरुङले चुनावी प्रचारलाई तिब्र पारेका छन्।
Source Setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *