Best Online News From Nepal

काँग्रेसमा मन्त्री बन्न को–को कस्सिएका थिए ?

नेपाली समाजमा एउटा उखान छ, छोरो पाउनु कहिले कहिले भोटो सिउनु अहिले । त्यस्तै भएको छ नेपाली काँग्रेसमा । एमाले अध्यक्ष खड्ग ओली नेतृत्वको सरका ढालेर नयाँ सरकार गठन गर्ने भन्ने तयारी र आशयका साथ समाचारहरु सार्वजनिक भएपछि काँग्रेसभित्र मन्त्री खान लालायितहरुको संख्या बढ्दै गएको छ । काँग्रेसको आन्तरिक समिकरण मिलाउन पनि सरकारमा नगइ नहुने वाध्यता आइपरेको छ । सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने, त्यो पनि हुन नसके जुनसुकै विकल्पलाई अपनाउने भन्ने लक्ष्यका साथ काँग्रेसले आवश्यक तयारी गरेको बुझिएको छ ।

खड्ग ओली नेतृत्वको सरकारले काम भन्दा हल्ला बढी गरेको, पुनः निर्माणमा कुनै पनि सिन्को नभाँचेको तथा आन्तरिक राजनीतिलाई सम्बोधन गर्ने तर्फ कुनै पनि कदम नचालेको, मधेसवादी दल तथा समूहसँगको वार्तालाई ध्यान नदिएको भन्दै चरम असन्तुस्टि पैदा भएको छ । संसद्का ठूलो पार्टी हुनुको नाताले सरकारको दावी रहनु र राख्न उसका लागि फरक र असामान्य विषय भएन तर । पछिल्लो पटक भएका संसदीय दलको बैठक र संसदीय दलको कार्य समितिको बैठकमा सरकार गठनको विषय अलि गम्भीर रुपमा नै उठेको छ । जनआह्वान साप्ताहिकमा खबर छ । ओली सरकारलाई जसरी भएपनि विस्थापित गर्ने र सके आफ्नै नतृत्वमा नभए एमाओवादीको नेतृत्वमा नै भएपनि सरकार गठन गर्ने भन्ने विषयमा छलफल अगाडि बढेको छ । काँग्रेसकै नेताहरुको भनाईलाई विश्वास मान्ने हो भने सरकारमा नगईकन पार्टीको आन्तरिक राजनीति पनि अगाडि नबढ्ने भएकाले यतिखेर काँग्रेसका लागि सरकार अपरिहार्य बन्दै गएको छ । संसदीय दलको बैठकमा बालकृष्ण खाँड, रामहरि खतिवडा, प्रकाशशरण महतलगायत देउवा पक्षीय नेताहरुले सरकारमा जानै पर्ने आशयका साथ विचार प्रस्तुत गरेका थिए । उनीहरुले ओलीको विरुद्धमा सकेसम्म जनमत बनाउँदै जाने र नसकेको खण्डमा एमाओवादीलगायतको सहमतिमा उसैलाई नेतृत्व नै दिएर भएपनि सरकार परिवर्तन गर्नै पर्ने धारणा राखेका थिए ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *