Best Online News From Nepal

कहाँ कहाँ छापिन्छन् नेपाली नोट : यसरी तय गर्छ राष्ट्र बैँकले नोट छाप्ने कम्पनिकहाँ कहाँ छापिन्छन् नेपाली नोट : यसरी तय गर्छ राष्ट्र बैँकले नोट छाप्ने कम्पनि

चिनले चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेशनबाट, जर्मनीले जिस्क एण्ड डेभ्रिएनट जिएमबिएच र बन्डेस डर्केरी, स्वीडेनको क्रेन एबि कम्पनि, बेलायतको डिलारु करेन्सी त्यस्तै फ्रान्सको ओबेरथर फिडुकेयर, रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज, इन्डोनेसीयाको पेरुम पेरुरी, नेदरल्याण्डको जोन ईन्सेड बैंक नोट बिभि, क्यानडाको क्यानेडीयन बैंक नोट कम्पनी लिमिटेडबाट नोटहरु छाप्ने काम हुन्छ । नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ । यसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्दछन् । तर नेपाल राष्ट्र बैंकले यसमध्ये १० वटा कम्पनीलाई मात्रै ‘प्रि क्वालिफिकेसनका’ सूचीमा समाबेश गर्ने गरेको छ । ‘प्री क्वालिफीकेसनमा’ परेका कम्पनिको प्राविधीक, र आर्थिक सर्वेक्षण अध्ययन गरेर मात्रै नेपाल राष्ट्र बैंकले कम्पनी छनौट प्रक्रिया टुंगाउँछ । यद्यपी नोट छाप्नको लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ । सरकारले सुन, विदेशी सरकारहरुको ‘सेक्यूरेटीज’ खरिद गरेको हुन्छ । यस्तो  ‘सेक्यूरेटीज’मा लगानी गर्दा त्यसको व्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पति हो । यिनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजानिक गर्नुपर्ने हो, त्यस बराबरको सम्पति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ । यी विभिन्न प्रक्रिया पुरा गरी छापेको नोट सिधै बजारमा पठाईदैन । छापिएका नोटको ‘प्रिफेक्स’ नम्बर चलनमा ल्याएको राष्ट्र बैंकले सूचना जारी नगर्दा सम्म त्यो नोटको मान्यता हुँदैन । त्यसैले राष्ट्र बैंकले सूचना जारी गर्नुपूर्वसम्म मुद्रा व्यवस्थापन विभागको स्टोर रुममा सुरक्षित रुपमा नोट राख्छ ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *