Best Online News From Nepal

कर उठाउन तातियो महानगरपालिका

काठमाडौं महानगरपालिकाले कर नतिर्ने व्यावसायिक भवन र संस्थानको चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने जस्ता कारबाही गर्ने बताएको छ । सार्वजनिक जग्गामा बनाइएका घर व्यापारिक प्रयोजनका लागि उपयोग भएको अवस्थामा जग्गा कर पनि तिर्नुपर्ने हुन्छ । तर यस्ता संस्थान भने सार्वजनिक जग्गाको कर तिर्नुनपर्ने भन्दै आलटाल गरिरहेका छन् । व्यापार–व्यवसायमा सिलबन्दी, तालाबन्दी, रोक्का गर्ने तथा महानगरपालिका अन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्ने लगायतका कारबाही गर्ने राजस्व विभागले जनाएको छ । घरजग्गा कर वापत काठमाडौँ महानगरपालिकाल  गत चैत मसान्तसम्ममा  ३९ करोड असुल रुपैयाँ असुल गरेको छ । कामपाको राजस्व महाशाखाका अनुसार  गत वर्ष रु ५४ करोडको घरजग्गा कर उठाउने लक्ष्य राखिएकामा रु ५२ करोड उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *