Best Online News From Nepal

कमरेडका नाममा

कृष्ण शंकर घिमिरे ——

1725244_1454315064788405_671646134_n

कमरेडका नाममा

कमरेड !
के तिमी हिंड्ने बाटो सही छ?
के यसले तिमीलाई लक्ष्यमा पुर्याउला? 
अँहँ! मलाई त त्यस्तो लागेन
पटक्कै लागेन
किनभने
तिमीले द्वन्द्वलाई हिंसा बुझ्यौ
तिमीले बुद्धलाई केवल ‘प्रतिक’ ठान्यौ
पेरिस कम्युनदेखि तियानमेन स्क्वायरसम्मका तिम्रा आदर्श गुरुहरुका कृत्यबाट पाठ कहिल्यै सिक्न चाहेनौ
घृणा, द्वेष र युद्धको उन्मादलाई नै
तिमीले क्रान्ति भन्यौ
तर इतिहास लेख्ने कलम र मसी अर्कै अर्कै
भिन्दै खालको हुँदोरहेछ
मानव कंकालमाथि लेनिनग्राद बसालेर
शान्ति कहिल्यै आउँदैन ।
ख्मेर रुजका बन्दुकका निशाना बनेका जनताको रगतमा
समृद्धि कहिल्यै छाउँदैन।
तियानमेन चोकमा मारिएका हजारौं
बलिदानी युवाको रगतले
तिमीलाई
समयको पल्लो छेउसम्म पनि पछ्याउनेछ
प्रिय मित्र !
बन्दुकको नालबाट जन्मेको सत्ता
बन्दुक रहुञ्जेल हो
विचारको संग्राममा सधैं पराजित भएको इतिहास साक्षी छ ।
खोइ त
आफ्नै भाइहरुको कत्ले आम गर्दा
आफ्नै घरभित्र पनि
कस्तो खुसी ल्यायौ त?
त्यसैले म भन्छु
आऊ एकपटक
सहृदयता र सहकार्यको हात बढाअौं
मसँग घृणा गर्ने “मन” छैन ।
छ त केवल
“वसुधैव कुटुम्बकम्” को उदात्त भावना ।
यसैको आधारमा विश्व बदल्ने
महाअभियानमा जुटौं हामी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *