Best Online News From Nepal

कपू” सिण्डिकेटका कपटी चाल ,घृणावादी कारोबारले मालामाल,

14716363_10210057174839250_1537111120386521603_n

“कपू” सिण्डिकेटका कपटी चाल
घृणावादी कारोबारले मालामाल,
रजगज गर्दैछन् उही
मफिया, ठग, लुटेरा, भ्रष्ट, दलाल ।
यो पार्टी वा त्यो पार्टी
भन्नुको छ के मतलब र,
“कपू”-तन्त्रकै अनेक गुट
फरक फगत् छ नाम मात्रै त ।
उही मुलाको सिन्की
उही मुलाको चाना,
राष्ट्र ढुकुटीको लुटैलुट
“कपू”-तन्त्रको निशाना ।
हामी त प्रतिमान नै परिवर्तन गरी मौलिक रैथाने प्रतिमान स्थापना गर्ने महाअभियानमा —
घोर अन्धकार हटाउनेछौँ
कपू सिण्डिकेट तोड्नेछौँ,
घृणावादलाई गरी परास्त
सहृदयता जय गर्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *