Best Online News From Nepal

ओलीले प्रचण्डलाई भने ‘बजेट ल्याउन दिनुस् तपाइलाई मै प्रधानमन्त्री बनाउँछु’

एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा राती अबेरसम्म छलफल भएको छ । सत्ता गठबन्धनका दुई नेताबीच बालुवाटारमा भएको बार्तामा केही महिना सरकारलाई सहयोग गर्न ओलीले आग्रह गरेका छन् । उनको आग्रह बजेट ल्याउन दिनुस भन्नेमा केन्द्रीत रहेको बताइएको छ । यस अघि प्रचण्डले पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरीसकेका छन् । राती बालुवाटार पुगेका प्रचण्डले आफूलाई सघाउनका लागि बाटो खुल्ला गर्न केपी ओलीसँग आग्रह गरेका छन् । जवाफमा ओलीले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि एमालेकै प्रस्तावमा सरकारको नेतृत्व दिन आफू तयार रहेको बताएका छन् । ‘सहमतिको सरकार बनाउने कुरा ठीक छ, तपाईं प्रधानमन्त्री हुनुस् मै प्रस्ताव गर्छु, तर बजेट आउन दिनुस्’ ओलीलाई उद्धृत गर्दे स्रोतले भन्यो । प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न आफूलाई  कांग्रेसले प्रस्ताव गरिसकेको र एमालेले पनि समर्थन गर्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *