Best Online News From Nepal

एमाले, माओवादी र कथित नयाँ शक्तिलाई शुभकामना र तिनीहरुको गठबन्धनको जरोकिलो विश्लेषण :

हामी एकता, बृहत्तर समन्वय एवं अधिकतम् सहकार्यका पक्षपाती भएको हुनाले जो कोहीले पनि यदि संकीर्ण कित्ताकाट छोडी पार्टी एकता गर्छ भने तेस्तो कार्यलाई सकारात्मक मानी शुभ कामना दिने गरेका छौँ । यही दृष्टिकोण अनुसार विगतमा विभिन्न पार्टीहरु मिलेर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी बनेको बेलामा पनि हामीले शुभ कामना दिएका थियौँ ।

आज पनि सोही दृष्टिकोणबाट हेर्दा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र कथित नयाँ शक्ति पार्टीको गठबन्धन वा एकता हुनुलाई हामी सकारात्मक घटना नै मान्छौँ । वास्तवमा विदेशी विधर्मी प्रतिमानमा आधारित एउटै “कपू”-तन्त्रका अनेकौँ गुटहरुमध्ये नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र कथित नयाँ शक्ति पार्टीले छुट्टाछुट्टै बस्नु भन्दा एउटै पार्टी बनाउनु नै स्वाभाविक हो । अझ, “कपू”-तन्त्रकै घटकका रुपमा रहेका नेपाली कांग्रेस र अन्य पार्टीहरु पनि एकीकरणमा सामेल भएर एउटै “कपू” पार्टी बनाउन सकून् भन्ने हाम्रो शुभ कामना छ ।
नेपालको हित गर्न कपू तन्त्रले नसक्ने भएको हुनाले यो वा यस्ता गठबन्धन वा पार्टी एकताले नेपालको उन्नति, प्रगति, समृद्धिमा कुनै तात्त्विक, सकारात्मक प्रभाव भने नपर्ने तथ्य ख्याल राख्नु पर्छ । अहिले नेपाललाई चाहिएकोचाहिँ जरो (Root) र किलो (Locus) दुवै नेपालमै भएको मौलिक रैथाने शक्ति नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *