वल्लभ चैतन्य दास (Vallabha Chaitanya Das) —
मेरो एकजना मुसलमान साथिसंग भेट भयो। उसले एक अत्यन्त रोचक प्रसंग सुनायो, कति सत्य हो उसैलाई थाहा होला तर त्यस प्रसंगको निचोड भने यस्तो छ जसले मलाई मात्र हैन तपाई सबै सनातन धर्म प्रेमीहरूलाई सोच्न बाध्य तुल्याउँछ।
उसले भन्यो: “तिमी हिन्दुहरू आफ्नै आराध्यदेबको खयाल राख्न सक्दैनौ।”
मैले भने: “कसरी?”
उसले भन्यो: “हाम्रो मक्कामा रहेको काबामा जुन कालो पत्थर छ, जसलाई हामी “अल हजार उल अस्वाद” भन्छौ, भन्छन तिमीहरूकै शिबजी हुनुहुन्छ। तिमीहरूका कोहि सच्चा हिन्दु यदि त्यस पत्थरमा तिमीहरुको गंगाजल चढाउन सफल भएमा, भन्छन हाम्रो इस्लाम नाश हुन्छ।”
मैले सुनेको थिए की काबामा शिबलिंग छ जसको सबै मुसलमान परिक्रमा गर्छन।
मैले सोधे “शिबजी भगवान हुनुहुन्छ, उनलाई पनि काबामा बाँधेर राख्न सकिन्छ र? के अहिलेसम्म कुनै हिन्दुले गंगाजल चढाउने प्रयास गरेन?”
उसले भन्यो “प्रयास भएको थियो। त्यसैले हामीले कुनैपनि गैर मुश्लिमलाई त्यहा पस्न दिदैनौं। एकपटक एकजना हिन्दु गंगाजललाई चिकित्सकको सहयोगले शरीरभित्र नै लुकाई काबा नजिकै पुग्न सफल पनि भयो तर त्यहि समयमा आश्चार्यजनक रुपमा “आयो !!! आयो !!! आयो !!” भन्ने आवाज आयो। आवाज तिब्र थियो र काबाबाट नै आएको थियो। हामीले तुरुन्त दर्शन बन्द गर्यौ र पछि त्यस हिन्दु ब्यक्ति पक्राउ पर्यो।”
मैले अचम्म मान्दै सोधे “काबामा शिबजी नै भए त्यस गंगाजल सहित आएको हिन्दु देखि झन खुशी हुनु पर्ने हैन? किन “आयो !!! आयो !!! आयो !!” भनि कराए?”
उसले अत्यन्तै मार्मिक जवाफ दियो “किन की उनी तिमीहरूसित हैन हामीसंग खुशि छन्।”
म अवाक रहे। भोलेबाबाको भोलेपन सम्झे। सम्झे पुराणको त्यो कथा जसमा कसरी भोलेबाबाले एक चोर जो शिबलिंगमाथि नै चढेर बाबाको मंदिरको घंटा चोर्न लागेको थियो, उसैलाई, आफुले आफैलाई समर्पण गर्न लाग्यो भनि ठानी त्यस चोरको उद्धार गर्नुभयो। सम्झे भोलेबाबाले कसरी बिभिन्न असुरलाई साधारण आराधनाको भरमा बरदान दिनुभयो अनि सोचे … हो नि, भोलेबाबालाई मुसलमान होस वा हिन्दु वा अन्य कुनै, के को मतलब? उनी त बस भक्तको ह्रिदय हेर्छन, चाहे जे सुकै मानव निर्मित पद होओस, बाबालाई के मतलब। मक्कामा करोडौं भक्तले उनलाई त्यत्रो ईज्जत दिन्छन, मान दिन्छन, प्रेम गर्छन, चुम्छन, अनि भोले बाबाले कसरी उनीहरूको उपेक्षा गर्न सक्लान्।
मैले सोचे, हे भोलेबाबा, हो म तिम्रै खुशि चाहन्छु, तिमीलाई माया गर्ने त्यहा पनि छन, तिमी त्यहि खुशि छौ भने त्यहि बस। म त तिम्रो खुशि मै खुशि छु, गंगाजल चढाएर तिम्रा ती करोडौंका प्रेमी र भक्त हरण गर्न खोज्ने मेरो सोच तुच्छ हो।
जय भोले बाबा
जय शम्भो
ॐ नम: शिवाय …