पाँचखाल नगरपालिकालाई क्रिचियन विधर्मिहरुले धर्म परिवर्तन गराउन सजिलो राजधानि घोषणा गरे सगै युवराज पारस शाहले मौलिक धर्म सस्कृतिको रक्षा गर्ने माग गर्दै पाँचखाल नगरपालिकाका धार्मिक स्थलहरु भ्रम गरेका छन। पाचखाल नगरपालिको भवन पछाडि जनप्रतिनिधिहरु कै सम्लग्नतामा धर्म परिवर्तन केन्द्र खोले सगै र पाचखाल नगरपालिकालाई देश भरिकै क्रिचियन साम्राज्यको राजधानि घोषणा गरे सगै देश धर्म र सस्कृति भन्दा माथि कोहि नहुने भन्दै युवराज पारस शाहले आज पाचखाल नगरपालिका धार्मिक स्थल भ्रमण गर्नु भएको हो।
बिहान ७ बजे हिँडेका उनले ९ बजे प्रारम्भ गरेको पुजा आधा घण्टासम्म चलेको थियो । कसैलाई थाहा नदिई सर्वसाधारणकै शैली र पहिरनमा पलाञ्चोक पुगेका प्रिन्सलाई देख्नेहरु नै झुक्कीएका थिए । प्रिन्स पारस होईन भनेर मन्दिर दर्शनमा आएका भक्तजन एक आपसमा कुरा गरेर अलमलिएका थिए भने उनलाई चिनेपछि उनिसंग फोटोसेसन गरेका थिए । पुजा सकेर स्थानिय साधारण पसलमा चिसो र चाउचाउ खाएका उनले देशको बारेमा चिन्ता गर्दै कुराकानी गरेका थिए । भक्तजनहरुसंग भलाकुसारी समेत गरेका उनले अब धर्म र संस्कृती जागरणको लागि र धर्म र संस्कृती सुरक्षा को लागि बुझ्न र सम्झिनु नै कर्तब्य हो भनि अगाडि बढ्ने प्रण गरेका छन् ।
पाचखाल नगरपालिका मौलिक रैथाने काभ्रेपलाञ्चोक भगवति, नाम्लेश्वरी को सिव गुफा, दुग्देश्वर महादेव, गोल्मादेवि मन्दिर भ्रमण गरेर केहि खास व्यक्तिहरु सग भलाकुसारि गरेर काठमाडौ फर्किनु भएको हो