Best Online News From Nepal

एआईजी जयबहादुर चन्दले महानगरिय प्रहरी कार्यालयमा आजबाट पदभार ग्रहण गर्नु भयको छ ।

एआईजी जयबहादुर चन्दले महानगरिय प्रहरी कार्यालयमा आजबाट पदभार ग्रहण गर्नु भयको हो । पदभार ग्रहण गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी चन्दले काठमाडौं उपत्यकालाई अपराध मुक्त शहर बनाउने बतानु भयको हो।महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि नेपाल प्रहरी क्लव भृकुटीमण्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी चन्दले उपत्यकाको शान्ती सुरक्षा कायम गर्न निर्देशन दिनु भयको छ। उपत्यकामा शान्ती सुरक्षा कायम गर्नु निकै चुनौतीपूर्ण काम भएको भन्दै एआईजी चन्दले मातहतका युनिट प्रमुख तथा वरिष्ठ अधिकारीहरुलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनु भयको हो ।प्रहरीको बोली र व्यवहारमा परिवर्तन ल्याएर अन्तरिक सुद्दिढिकरण गर्दै राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार प्रदान गर्ने र नराम्रो काम गर्नेलाई कारबाही गरिने पनि चन्दले बतानु भयको छ।उहा ले गुनासो दिएर प्रहरीकोे कार्यालयमा आउने सर्वसाधरणलाई शिष्ट व्यवहार गर्न र गेटमा जिम्मेवार अधिकृतलाई खटाउन समेत मातहतका निकायलाई निर्देशन दिनु भयको हो  । कार्यक्रममा बोल्दै उहाले गुण्डागर्दी गर्ने र अपराधीलाई त्रासको वातावरण सिर्जना गर्न समेत निर्देशन दिनु भो।गृहमन्त्री र प्रहरी महानिरीक्षकको निर्देशनलाई अक्षरस पालना गर्न मातहतका निकायलाई निर्देशन दिंदै उहाले भने–‘तपाईहरुले जनताको मन छुने गरी काम गर्नुहोस।’उहाले इकाई प्रमुखहरुलाई क्षेत्राधिकार नछोड्न पनि निर्देशन दिनु भयको हो ।

तस्विर- नेपाल प्रहरिको  फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *