Best Online News From Nepal

उपत्यकाका नेवारजातिहरुको सबैभन्दा ठूलो जात्रा ईन्द्रजात्रा

Manmohan Ranjit उपत्यकाको नेवारजातिहरुको सबैभन्दा ठूलो जात्रा ईन्द्रजात्राको तेश्रो दिन अर्थात मुख्य ईन्द्रजात्रा जिबित देवी श्री कुमारीको रथयात्रा तल्लो टोल (बसन्तपुर-चिकंमुगल-जैसिदेवल-ज्याबहाल-लगन- ब्रमटोल- ह्युमत-कोहिटी-भिमसेनस्थान-मरुटोल हुँदै बसन्तपुरमा पुर्याइ समापन गरियो !
सो रथयात्रा सगै जिबित देवता श्री गणेश र श्री भैरबनाथको रथयात्रापनी संगसगै हुन्छ त्यही रथयात्राका साथ नेपाली सैनिकको बाण्डबाजा विभिन्न नेवारी समुदायहरुको बाजागाजा सहित मजिपाट (मजिपा:) को लाखेनाच, किलागलटोलका पुलुकिसी (चनचला गणेश), हलचोकको आकाश भैरव (सवभकु) नाचका साथ विभिन्न देवीदेवताका नाचहरुपनी उक्त श्री कुमारीको नाचसंगै तल्लो टोल (शहर) परिक्रमा गरियो !
सोही दिननै उपत्यका भित्रका नेवारी जातिका यहि बर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा बत्ती बाल्ने प्रचलन पनि छ र मृतकको आत्माको शन्तिका लागि र मृतकको आत्मा स्वर्गमाबास होस भनी दागीं अर्थात स्वर्गका राजा ईन्द्रका आमाको पछि पछि फुल, अक्षेता,धान र एवं बस्तुहरु छरेर हिड्ने गर्छन सोही दिन यश कार्यगर्ने मृतकका परिवार पानीपनी नखाई निराधार बस्ने प्रचलन छ !
तस्विर-Manmohan Ranjit

Leave a Reply

Your email address will not be published. Required fields are marked *