Best Online News From Nepal

उत्कृष्ट निर्माण व्यवसायीहरु सम्मानित

काठमाडौं, जेठ ११ । नेपाल निर्माण व्यवसायी महासंघले उत्कृष्ट निर्माण व्यवसायीहरुलाई ‘नवौं रमन एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण गरेको छ ।

Photo Credit : Image Khabar

 

महासंघले निर्माण व्यवसायीहरुको प्रोत्साहनार्थ हरेक वर्ष यस्तो सम्मान प्रदान गर्दै आएको छ ।

शुक्रबार राजधानीमा महासंघले गरेको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेका हुन् ।

सो अवसरमा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले नेपालको विकास निर्माणमा विदेशी कम्पनीको अन्त्य हुन जरुरी रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *