Best Online News From Nepal

ईश्लाम ,ईशाई , आजका कम्युनिष्ट र हाम्रो सत्य सनातन

प्रवीण अधिकारी——

19060135_648492618690577_2531755092548413216_n

=====================================
ल आउनोस ,शान्त मुद्रामा गम्भीर भएर तल लेखिएका कुराहरु पढनोस र थाहा पाउने प्रयाश गर्नोस , यस संसारमा हाम्रो जीवन पद्धतिमाथि किन चौतर्फी हमला गर्ने काम गरिएको छ ? तपाइँ हामीले के कुरा हारी रहेका छौ ? उनीहरु कसरी जिती रहेछन ? आ आफ्नो दिमागलाई अलिकति सोच्न बाध्य बनाउनोस | विभिन्न आवरण भित्र ढाकिएर बसेका यी हात हतियार रहित खतरनाक प्रविधिले सिङ्गारिएका आफ्ना वरीपरी देख्नु हुनेछ | अझ गहिरिएर हेर्दा तिनमा धर्मको आवरण भित्र सडेका किराहरु पाउनु हुनेछ जसमा दूर्गंध मात्र भेटिनेछ | इनले कसरी झूठा दुष्प्रचारद्वारा हाम्रो हत्या गरीरहेका छन | एक चोटी सबैले आआफ्नो आँखो खोलेर च्याउनोस , मननगरी हेर्नोस र त्यसभित्र रहेर सनातन सत्यताको सुरक्षाको उपाय खोजी गर्नोस | सनातनकालदेखि विभिन्न स्वरुपमा हुर्किएर आएको हिन्दुत्व रुपी जीवन पद्धतिलाई आफ्नो ठाउँबाट जोगाउन आवश्यक रणनीति अपनाउनोस |

अरुहरुको धर्म र हाम्रो जीवन पद्धति विच के अन्तर छ ? बुझ्ने प्रयाश गरी हेर्नोस |

(१) सदस्यता
=========
वामपन्थीहरु कार्ड होर्डिंग गरेर सदस्य बन्दछन | ईशाईहरु बप्तिस्मा गरेर अर्थात पानीमा चोपलेर धर्मान्तरण गराउँदछन | मुसलमानहरु खतना गराएर ईश्लाम बनाउँछन | हेर्नोस त यी सम्पूर्णकुराहरु कृतिम र ,अप्राकृतिक देखिन्छन , नितांत आर्टिफीसियल बुझिंछन तर , हाम्रो सनातन हिन्दू धर्म ले समस्त मानव जाति मात्रलाई “सनातन धर्म ” को छहारीमा जन्मिएको छ भने मात्रपानी तिनलाई तिनको मनले खाएको पूजा पद्दति रोज्ने ,त्यसमा निसंकोच रुचि उत्पन्न गर्ने ,विरोध गर्ने र आफ्नो बुद्दि विवेक प्रयोग गरी त्यसलाई छान्ने स्वतन्त्रता दिएको छ | यस भित्र हुर्किन कुनैपनि सांगठनिक सदस्यता चाहिंदैन | पूर्ण स्वतन्त्रताको उपभोग गर्दै सत्य सनातन मार्ग अनुशरण गर्न पाउनु यसको प्रथम गुण हो |

(२ ) स्वतंत्रता
=========

वामपन्थीहरुको ध्येय , एउटा पार्टीको तंत्र होस , उनका कार्यकर्ता सँधै झाङ्गिएर जाउँन र आम जनता तिनका गुलाम बनुन भन्ने देखिंदै आएको छ | यो कुराकोलागि विश्वलाई हेर्ने पर्दैन नेपालकै एमाले र माओवादी जस्ता वामपन्थीहरु हेर्दा नि चाल पाइन्छ | ईश्लाम भन्दछ -हामीप्रति अनुगृहित होउ ,नत्र काफिर हुन आउँ किनभने त्यसकोलागि दण्डको व्यवस्था अल्लाहले हामीलाई सुनाई राखेका छन् | ईशाई भन्छन -स्वर्ग जानेबाटो एउटा मात्र ईशाई मत हो , त्यसैले ईशाई बन नत्र नर्क भोगेर बस | माथिका तिनैले पण्ठहरुले वैचारिक स्वतन्त्रता अन्तर्गत बाच्ने हक दिन चाहेको देखिन्न | तर, सनातन जीवन पद्धतिले हजारौं बर्ष अघिदेखि जसले जे चाहन्छ ,जुनबाटो हिड्न चाहेको छ , त्यसलाई त्यै बाटो अंगालेर हिड्ने अवसर दिंदै आएको छ | किनभने यो सत्य पद्धति हो त्यसैले उसका अनुयायी जहाँ जान चाहान्छन ती आफ्नो सिद्धान्त अंगालेर जान स्वतन्त्र हुन्छन | सनतनले जीव,जन्तु र मानवजाति सबैलाई पूर्ण स्वतन्त्रता साथ् जिउन सिकाएको छ |

अर्को कारण – वामपन्थी भन्छन , एउटा पार्टीको तन्त्रमा बाँच , ईशाइहरु भन्दछन चर्चको छायाँमा बाँच्न सिक , ईश्लाम भन्दछ दिउँसोको प्रकाशमा बाँच्न सिक नत्र जहन्नम मा जाउ , अर्थात ई तिनैले एक अर्काको अस्तित्व स्विकार्न सकेको अलिकतिपनि देखिन्न | डार्विनले भने अर्का वा अरुलाई मारेर भएपनि खाउ अनि बाँच | हक्सलेले भने आफ़ुनि बाँच र अरुलाई नि बाँच्न देउ | तर हाम्रो ग्रन्थहरुले भन्छन सबैलाई सुखी र खुशी तुल्याउने उपाय गर , त्यसैकोलागि बाँच |

” सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।। ”

अर्थात सबै सुखी हौं , सबै रोगमुक्त रहुन , सबै अशल मंगल कुराहरुका साक्षी बनुन र कोहीपनि दुखि नरहून |

परमात्माको स्वरुप
============

वामपन्थीहरु भन्छन – ईश्वर फ्रड हुन,इनको अस्तित्व कतै छैन | ईशाई भन्छन – मान्छेको पाप धुने एक मात्र ईश्वर हुन् ,तिमी ईशाई बन्यौ भने उनको काख आउनेछौ | उनी यस संसारका अधिपति हुन् उनी यस ब्रह्माण्डका स्वामी हुन | जो सँधै नर्कका शैतानहरु संग युद्धरत रहन्छन | ईश्लामका अल्लाह एउटा छन् जसले मान्छेको मात्र रचना गरेका छन् | उनीनै सबैका मालिक हुन जो मुस्लिमहरुप्रति मात्र दया गर्दछन ,अरु सबै संग घृणा मात्र गर्दछन | सनातनी भन्छन ईश्वर कण-कणमा व्याप्त छन ,जो यस संसारका सम्पूर्ण जड र चेतन चिजहरुमा ,सम्पूर्ण जीवन-जगतमा ,समयको प्रवाहमा सत,चित,र आनंद स्वरुपमा विराजमान रहन्छन | अहं ब्रम्हास्मि ! एकम सदविप्रा … वदन्ति !! तत्वमसि !! आदि इत्यादि | तर , ईश्लाम यस्ता तत्वज्ञानलाई कुफ्र भन्दै – या “अल्लाह , ईश्वरलाई बराबरी देख्ने यस काफिरलाई मृत्युदण्ड देउ भन्ने गर्दैछ |

आत्मा
=====

वामपन्थीहरू – आत्मालाई स्विकार्दैनन , मान्दैनन | तिनको भनाइमा आत्मा विश्वको कुनै प्रयोगशालामा परिक्षण गर्दा देख्न सकिन्न | ईशाइहरु लोग्ने मान्छेमा आत्मा रहेको स्विकार्दछन तर स्वास्नी मान्छेमा छ छैन , दोधारे देखिन्छन | ईश्लाम , आत्मा मुस्लिमजातिमामात्र भएको ठान्दछ | तर , सनातन यो संसारको समस्त चेतन जगतमा आत्मतत्व भएको स्वीकार्दछ | हामी भन्दछौं , आत्माको विस्तारनै परमात्मा हो | हाम्रो चेतन स्तरले ,ज्ञानले ,सोचले मान्छे ,पशु,पक्षी,किरा ,फट्यांग्रा ,पाखा पर्वत ,नदीनाला सबै चिजमा आत्माको उपस्थिति रहेको ठान्दछ |

तंत्रमन्त्र पद्दति
==========

वामपन्थी पार्टी या त बन्दूक ‘तंत्र, वा दास क्यापिटल मात्र मान्दछन | ती भौतिक तन्त्रमा बढी बल गर्दछन | ईशाईहरु बाइबल पढेर शैतान भगाउने कुरो गर्छन | चर्चले त्यस्ता कुरो चमत्कारिक रुपमा सुनाई आफुलाई बाइबल मर्मज्ञ भनि प्रमाणित गरी प्रचारित गर्ने गर्दछ | ईश्लामले तिनको जिन ,जिन्नाद,रूह,आदि भगाउन आयत पाठ गर्ने गर्छ | अर्थात , माथिका तिनै वर्गहरु त्यसको अधकल्चो स्वरुप प्रयोग गर्दछन | तर, सनातन हिंदू धर्ममा तंत्र-मन्त्र स्वतंत्र पूजा पद्दति हो | यसका हजारौं सम्प्रदायहरू तथा बुद्ध ,जैन,शिख सबैले वैज्ञानिक रूपले ऊर्जा चेतनाको विस्तार गर्दै यसलाई प्रयोग गर्दै आएको छ |

आंतरिक स्वतन्त्रता
=============
वामपन्थीहरुले कुनैपनि स्तरमा ,पूजा-आराधनाको कुनैपनि स्वरुपलाई स्विकारगरेको देखिन्न | ईशाइहरु चर्चमा ईशुको प्रार्थना गरेर थेगिएको छ | ईश्लाम “नमाजलाई इबादत भन्दछ अरु सबैलाई कुफ्र ठान्दछ | त्यस्तालाई सजाय दिनु पर्छ भन्दछ | सनातन हिंदू धर्मले पूर्ण स्वतंत्रता दिएको छ – ध्यान,प्रार्थना,अर्चना,स्तुति,योग,पूजापाठ ,होम ,तर्पण,हठ,आदि इत्यादि आफु खुशी गर्न पाइन्छ | अझ ईक्षालागे गर्ने , नत्र नगर्दापनि कसैप्रति प्रश्न गर्दैन |बरु गायन, वादन, नृत्य, भक्ति,श्रद्धा ,चिन्तन मनन , जसलाई जे गर्न मन छ त्यसैमा पूर्ण स्वतन्त्रता दिने गर्दछ | जसरीपनि आफ्नो आफ्नो आत्मा चिह्न र आत्मालाई साक्षात्कार गर यसको मूल मन्त्र हो |यसमाथिको नियन्त्रणलाई चाहीं पाप ठान्दछ |

मूर्ति पूजा
======

वामपन्थी पार्टीहरु आफ्नो मूख्य पात्र बाहेक मार्क्स ,लेनिन ,माओलाई आफ्ना घरमा ,कोठामा, चोटामा झुण्ड्याएर राख्छन , इनका ती आदर्श मानिन्छन | ईश्लाम र ईशाई व्यक्ति र पुस्तकको कुनैकुरा नछुटाई पूजा आराधना गर्दछ | तर , सनातन पूजा पद्दति भित्र मूर्ति पूजा पद्धति सनातानकालदेखि चलेको छ | भौतिक व्यक्तिप्रति मात्र होइन ‘परम् लक्ष्यमा ध्यान केंद्रित गर्न सनातन पूजा पद्धतिले मूर्तिपूजा पद्धति स्वीकारेको हो | ईशाई र ईश्लामहरु आक्रमण गरेर त्यो मूर्ति र मन्दिर भत्काउने गर्दछन | तर , हाम्रो परम लक्ष सँधै स्थीर रहने गर्दछ |

प्रकृति
====
बाइबल भन्दछ : जसको काम उसकै दाम , सबै तिम्रो हो खाउ ,पिउ ,मोज गर | कुरान भन्छ ” जहान खुदाको र जिहाद इन्सानको ” जसरी नि ईश्लाम कायम गर | तर , वेदले भन्दछ : मेहनत मान्छेको , सम्पत्ति भगवानको , आफ्नो त केही छैन (तेन त्यक्तेन भुजींथा , अर्थात ती सबैमा ईश्वर व्याप्त छन ) |

कर्म र कर्मफल
===========
वामपन्थीहरु भन्दछन , “”पार्टीको ईक्षा नै कर्म हो , ईशाई भन्दछन ईशूका भेंडा ईशाई बन ,सबै पाप खत्तम हुनेछ | ईश्लाम भन्छ ” दिउँसो गरेको हरेक “जघन्य कुकर्म ” लेपनि स्वर्ग /जन्नत दिन्छ | तर सनातान्ले भन्दछ “तिमीले गरेको प्रत्येक कर्मको फल तिमीले नै भोग्नु पर्दछ | शुभ कर्मको पूण्य फल, गलत कर्मको पापफल भाग्ने पर्दछ | त्यसबाट कसैगरी छुटकारा पाउन सक्तनौ | परमात्मालेपनि त्यस्तो गर्न कसैगरी छुट पाउंदैनन त्यसैले तिमीलाईपनि उनले छुट दिन सक्दैनन् |

मानवता
======

मार्क्स भन्छन – मजदूर बन | बाइबल भन्छ – ईशाई बन | कुरान भन्छ : मुसलमान बन | तर वेदले भन्दछ – मान्छे भएर जन्मेका छौ , मान्छे बन (मनुर्भव) |

शरीर र मृत्यु
========
वामपन्थीहरु भन्छन यो शरीर भौतिकता रहेसम्म मात्र सीमित हुन्छ | ईशाईहरु त्यसलाई आफ्नो “नूररहे सम्म सीमित रहने ठान्छन र स्वर्गको मोजमस्ती तिनको पेवा हुन पुग्छ | ईश्लाम मर्ने दिन सम्म यो शरीरलाई मानव सिद्दांत ठान्दछ | चिहानमा गाडेर फ़र्किएपनि मानवले पर्खि रहन्छ भन्छन |तसर्थ उनीहरु भन्छन यो शरीर एक चोटीको लागि मात्र हो , जति सक्छौ बेसमारी भोग | पछि यो शरीर बोग गर्न स्वर्ग पुग्नु पर्ने छ – यदि तिमीले हजरत मियाँ माथि विश्वाश गरेका छौ भने | तर , सनातन भन्दछ तिमीले तिम्रो ”कर्मफल ” भोग्न पटक पटक जन्मिनु पर्दछ |अर्थात तिम्रो पुनर्जन्म भई रहनेछ |किरा,फट्यांग्रा , पशु ,पंक्षी इत्यादि भई आफ्नो संचित कर्म अनुसार तिमीले भोग्ने पर्नेछ अर्थात ”योग:कर्म सुकौशलम ” |तसर्थ यो प्रकृतिको अनावश्यक दोहन नगर |

शिक्षा
====

बाइबल भन्छ – तिमीले आर्जेको ज्ञान इलम पाउनकालागि हो | कुरान भन्छ – तिम्रो पढाई कुरान बुझ्नकालागि हो | मार्क्स भन्छन – तिम्रो पढाई समान भौतिक सम्पति बाँड फाँडकोलागि हो | तर सनातनी हिंदू भन्दछन – तिम्रो ज्ञान , नैतिकता , नम्रता , अनुशीलता ,सुशीलता वृद्धिकालागि हो | आफ्नो व्यक्तित्व विकासगरी असल मानवीय चेतना आफुमा जगाउ | त्यसैले ” प्रज्ञानं ब्रम्ह ” भन्ने गरिएको हो |

कब्जागर्ने नीति
===========
कम्यूनिस्टहरु भन्छन – “क्रान्ति ” गरेर कम्युनिज्म स्थापना गर | ईशाई भन्छन – क्रूसेडलाई आदेश दियो | ईश्लामले “जेहाद ” गरेर सबैलाई इश्लाममा परिवर्तनगर्ने आदेश दियो | सनातन धर्मले हजारौँ बर्षदेखि भन्दै आएको छ सत्यमेव जयते | तमसोमा ज्योतिर्गमय | असतोमा सदगमय |

राज्य र शासन व्यवस्था
===============
वामपन्थीहरु श्रमिक मात्रको शासनको कुरो गर्दछन , जसमाथि कम्युनिष्ट पार्टीको कब्जा रहन सक्छ | ईशाई भन्छन – राज्यले ‘चर्चको प्रधानता स्विकार्नु पर्दछ | दार्शनिक अरस्तू भन्थे – राजनीति शासन गर्नकालागि हो | कुरान भन्छ – अल्लाहले ईश्लाम लाइनै शासन गर्ने अधिकार दिएको छ तसर्थ , अरु सबै अवैध हुन | सनातन धर्मले भन्दछ “लोककल्याणकारी व्यवस्था स्वीकार गर – त्वहम कामये राज्यम…!! वेद सहित सबै ग्रन्थहरुले भन्छन – राजनीति भन्दा लोकहित ,शासन भन्दा अनुशासन, तानाशाही भन्दा संयम अनि अधिकारको ठाउँमा कर्तव्य पालन गर |

संगठन
=====
वामपन्थीहरु “पूँजी,”को वरिपरि घुमेर एकतंत्रात्मक पार्टी व्यवस्था कायम गर्ने सपना देख्तछ | ईशाई ,ईश्लाम एउटा किताव ,एउटा पेगम्वर ,एउटा मुख्यालय केन्द्रित, एउटा कट्टर “साम्राज्यवादी,विस्तारवादी ,साम्प्रदायिक संगठनको अवधारणा भित्र हुर्किन्छां | तर सत्य सनातन हाजारौं पन्थहरु विच “पूर्ण स्वतंत्रतावादी आत्मकल्याण र धर्माचरणगर्ने जीवन पद्दति हुर्काउन व्यस्त हुने गर्दछ | यस भित्र आक्रामक संघ ,संगठन कहिल्यै जरुरी ठानिएन |

राष्ट्र
===
वामपन्थीहरू भन्छन – ”नो बर्डर लाइन इन द वर्ल्ड ” त्यसैले श्रमिकहरु यो संसार कब्जा गर , तिम्रो वर्चस्व कायम गर्न त्यसको अधिकार कम्युनिष्ट पार्टीहरुलाई देउ | ईशाई सोच्छन – चर्चको अधिनमा “शासन व्यवस्था ” कायम गरी सम्पूर्ण संसारमा “धर्मान्तरण ” गराई सो अनुरुपको ‘भौतिक आर्थिक व्यवस्था निर्माण गर | ईश्लामले भन्दछ – दारुल-ए-इस्लाम, अन्तर्गत ईश्लामी राज्यलाई मात्र मान्यता देउ | सनातन हिन्दु धर्मले मान्छे ,भूमि,संस्कृति,जीवन-शैलीको आफु अनुकुल विकासगरी वसुधैव कुटुम्बकम भन्दै हिंड | सह अस्तित्वको सिद्दांतमा सँधै जोड देउ |

इतिहाँस
======
पूर्णतया रक्त रंजित संघर्षको साम्यवाद १९१७ सोवियत संघ, १९४८ चीन को हो | क्रिश्चियनिटीले १५ औं शताब्दिदेखि आधुनिक हतियारको बलमा विश्वको तीन-चौथाई भाग कब्जागरी गुलाम बनाइ कब्जा गर्यो | ईश्लामले छैठौं शताब्दीदेखि आज सम्म यस संसारको भिन्न मत र सम्प्रदाय गरी लगभग ८०० करोड़ जति मारेरै सक्यो | ५ लाख जति धर्म-स्थल भत्कायो | तर , सत्य सनातनले कसैको एक थोपो थोपो रगत नासिन दिएन | ज्ञान, विज्ञान ,योग, अध्यात्म र चेतनाको विस्तारमा सँधै बल दिंदै आएको छ |

अन्तर वर्ग जाति वाम तंत्र
=================
वामपन्थीको मत कतैपनि एक रुपको देखिन्न | रूसको बेग्लै ,चीनको वेग्लै माओ-वाद | नेपाल जस्तो मुलुकमा लगभग ३० बाद |
ईशाई तंत्र कैथोलिक,प्रोटेस्टेट,मेथोडस्ट,साल्वेशन जस्ता कति हो कति ‘नेटवर्क ‘ देखिन्छन | क्याथोलिकको संख्या सबैभन्दा बढी देखिन्छ | यसैले विश्व भरी तिनीहरुनै फैलिएको पाइन्छ | ईश्लाम विपरित विचार सुन्नपनि चाहादैन |शिया-सुन्नी,..वहाबी-अहमदिया- देवबंदीविच एक अर्कामा सँधै मारकाट तिनको दिनचर्या हो | हाम्रा सनातनीहरु हजारौं बर्षदेखि विभिन्न सम्प्रदाय,पूजा-पद्दति,जाति,वर्ग,विचारमा मतमतान्तर भएपनि एकै रहेका छन | जबकि यी वाम ,ईशाई र ईश्लाम सनातन व्यवस्थामा “जातीय-संघर्ष ” होस भन्ने सँधै चाही रहेकाछन |

विज्ञान
=====
ईशाइको नजरमा विज्ञान तिनको सुखभोगकालागि हो | ईश्लाम भन्छ विज्ञान अर्थात परमाणु हथियार पाए काफिरहरुलाई नामेट पारिन्थ्यो | सनातनी भन्छन सम्पूर्ण विज्ञान जीवकल्याणकालागि हो – ” यथेमा वाचंकल्याण ” |

जीवन
=====
वामपन्थी भन्छन – भौतिक अर्थ मानवको सर्वोत्क्रिष्ट पूँजी हो | बाइबलले भन्छ “”परमात्माले दिन्छन तिमि जति सक्छौ त्यति भोग गर | यहाँ पनि वहाँ पनि | ईशाई र ईश्लामले धर्मलाई नै सबैकुरा ठानेको छ | फ्रायड र आधुनिक पश्चिमाले काम र भोगलाई बल दिएका छन | कान्त,हीगल,टफलर आदि चिन्तकले आदर्शवाद या मोक्षलाई वल दिएका छन | हजारौँ बर्ष अघिदेखि हाम्रो जीवन पद्धतिका व्यख्याकारहरुले धर्म,अर्थ,काम,मोक्ष चारै चिजमा बल दिन लाए |

संसाधन
=====
वामपन्थीहरु भन्दछन द्वंन्दात्मक भौतिकवाद अर्थात ‘वस्तुहरु प्राप्तिकोलागि जीवनमा सँधै संघर्ष गर्दै जाउ | बाइबल भन्दछ – प्रभुको कृपा समस्त ईशाइहरुप्रति मात्र सँधै रहनेछ | उनीहरुको मतमा ईशाई भएपछिमात्र सबै खुशी हामी मानवले पाउन सक्छौ | त्यसैले खूब उपभोग गर | ईश्लामले भन्दछ यो पृथ्वीको सबै श्रोत तिनको अल्लाहको कृपा हो , जो मुस्लिमहरुले मात्र पाउनेछन | “सनातन हिंदू धर्म भन्दछ यी समस्त श्रोतहरु जीवमात्रको कल्याण,,ब्रम्हार्पणम-ब्रम्हार्वी:ब्रम्हाग्नौ ब्रम्हणाहुतम कालागि हो ,तसर्थ सहनाववत्तु भनेर त्यसलाई अरुसंगै मिलेर उपभोग गर्न सिकाएको छ |

मानवीय प्रवृत्ति
==========
वामपन्थीहरु हरेक चिज भौतिक सेरो फेरो भित्र हेर्छन | ईशाई ‘ईशु मन्तिर सबैकुरा देख्छन | ईश्लाम दिउँसो गर्ने हरेक कुरा जायज देख्दछ | तिनको अल्लाह मुसलमानप्रति मात्र अनुरागी हुने ठान्दछ | तर , सनातन धर्मी तीन गुणहरु (सत,रज,तम)को समन्वयकारी संतुलनप्रति ध्यान दिन्छन | असुरी कर्म भनेको अरुलाई दुःख दिनु हो भन्ने ठान्छन |

लौ , अब आफ्नो बल , बुद्धि र विवेकको सन्तुलित प्रयोग गरी यस संसारको कल्याण हुने उपायहरु सोच्नु होस | तपाइंको सोचाई भित्र नेपालीहरुको , नेपालको कल्याण हुने उपाय अवश्य पर्न सकोस | अस्तु – प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *